खराब मौसमका कारण मङ्गोलियामा ५ लाख ६७ भन्दा बढी पशुको मृत्यु
३ चैत,उलानबाटोर । मङ्गोलियामा यो वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशुको मृत्यु भएको छ । मृतक जनावरको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढेको पाइएको छ । मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्याङ्क निकायले जनाएको छ । यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ । चारैतिर अत्यन्त चीसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ । पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई र पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावरको मृत्यु भएको छ । एनएसओका अनुसार मङ्गोलियामा सन् २०२२ को अन्त्यमा…
