अर्थ

शेयर बजारमा झिनो अङ्कको सुधार

शेयर बजारमा झिनो अङ्कको सुधार

११ वैशाख,काठमाडौँ । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता शेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ । आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने…
Read More
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको मात्र आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ छ । उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले…
Read More
शेयर बजारमा दोहोरो अङ्कको गिरावट

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

१० वैशाख,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । जीवन बीमा समूहको आज उपसूचक…
Read More
रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी

रामपुर मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी

९ वैशाख,रामपुर (पाल्पा) । रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट रु एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा रु एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र रु ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सङ्घले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो । सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट रु ४० लाख ५२ हजार दुई सय ३५ वचत भएको बताउनुभयो । प्रवेश टिकट बिक्रीबाट रु ४६ लाख ४७ हजार पाँच सय ८०,…
Read More
समोसा बेचेर जीवन चलाउँदै शिवलाल

समोसा बेचेर जीवन चलाउँदै शिवलाल

८ वैशाख,भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उहाँको जीवनशैली र पूरा भएको सपना । अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आउनुभएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधँै चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कनुभयो । त्यही सपनाले कुनै दिन…
Read More
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य दोस्रो दिन पनि स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य दोस्रो दिन पनि स्थिर

काठमाडाैं । शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज दोस्रो दिन पनि स्थिर रहेको छ । यसदिन चाँदीको मूल्य तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य बुधबारदेखि स्थिर अवस्थामा छ ।
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

७ वैशाख, काठमाडौँ ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ । बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार दुई सय १४ कित्ता…
Read More
राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा  : अर्थमन्त्री महत

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत

६ वैशाख,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । “सन् ९० को दशकभन्दा अगाडि एक÷दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो । ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु…
Read More
नेप्सेमा दोहोरो अङ्कको सुधार

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, ६ वैशाख ।आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२…
Read More
झिनो अङ्कले घट्यो नेप्से

झिनो अङ्कले घट्यो नेप्से

५ वैशाख,काठमाडौँ । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता शेयर रू ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् । होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक…
Read More
Page 27 of 42
1 … 25 26 27 28 29 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.