शेयर बजारमा दोहोरो अङ्कको गिरावट

Share Icon

१० वैशाख,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

जीवन बीमा समूहको आज उपसूचक एक सय १८ दशमलव ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ दशमलव ९८ अङ्कले घटेको छ ।

बैँकिङ समूह १६ दशमलव ७१, वित्त समूह ३२ दशमलव ३०, जलविद्युत् समूह २७ दशमलव ९४, लगानी समूह शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ३९ अङ्कले घटेको छ ।

त्यसैगरी लघुवित्त समूह २९ दशमलवशुन्य आठ, म्युर्चुअल फन्ड शून्य दशमलव शुन्य एक, निर्जीवन बीमा समूह २९ दशमलव ५४, व्यापार समूह ३१ दशमलव २३ र अन्य समूह एक दशमलव ९९ अङ्कले घटेको छ ।

नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको रू तीन करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.