निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो
२८ असोज,रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताउनुभयो । गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ । निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले…
