सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
पूर्वी नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र चिनियाँ ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् । सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३९ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै चिनियाँ ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । नाराबाजी गर्दै प्रदर्शन गर्ने क्रममा भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग समेत अवरुद्ध गरेका थिए । सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएका…
