समाज

तमोरमा काठको पुल निर्माण

तमोरमा काठको पुल निर्माण

२२ कात्तिक, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो । गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार…
Read More
आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

२२ कात्तिक, जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो । आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । ‘बिहीबार प्रधानमन्त्रीजीलाई मेरै नेतृत्वमा पन्ध्र्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री…
Read More
शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

२२ कात्तिक, काठमाडाैँ । बंगलादेशको जीवन पानीले भिजेको छ, राजनीति रगतले। ५० वर्षयता त्यहाँ दुई परिवारबीच संघर्ष छ। विपक्षी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचार आरोप लगाएर शक्तिमा आएकी शेख हसिना जसरी पनि फेरि शक्तिमा आउन चाहन्छिन् । सरकारी निवासको स्वागत कक्षमा रेसमी साडीमा ठाँटिएर ठिंग उभिएकी छिन्, शेख हसिना। उनको उपस्थिति मखमली पञ्जाभित्रको फलामे मुठ्ठीको प्रतीक झैं छ। बुढ्यौलीमा पनि उनले जोसिलो शैलीमा राष्ट्रको नेतृत्व गरिरहेकी छन्। एक दशकको अवधिमा ७६ वर्षीय हसिनाको नेतृत्वमा बंगलादेशले निकै फड्को मारेको छ।  जुटको उत्पादनकर्ताबाट एशिया प्रशान्त क्षेत्रको तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको सूचीमा बंगलादेश आइपुगेको छ। उनको पहिलो कार्यकाल १९९६ देखि २००१ सम्मको थियो। सन् २००९ देखि…
Read More
उच्च प्रभाव सामुदायिक विकास परियोजना २० औं वर्षमा प्रवेश गरेकाे अवसरमा बर्थिङ सेन्टर हस्तान्तरण

उच्च प्रभाव सामुदायिक विकास परियोजना २० औं वर्षमा प्रवेश गरेकाे अवसरमा बर्थिङ सेन्टर हस्तान्तरण

काठमाडाैं । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समाराेहकाे आयाेजना गरी संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् । समाराेहमा बोल्दै राजदूत श्रीवास्तवले विगत बीस वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताए । सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी…
Read More
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले गरे एक करोड सहयोग

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले गरे एक करोड सहयोग

२१ कात्तिक, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छन् । उनीहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग गरेका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग उपलब्ध गराउन आव्हान गर्दै आएको छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
Read More
प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

२१ कात्तिक,विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गर्नुभएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राख्नुभयो । उहाँहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका…
Read More
क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

२१ कात्तिक, चितवन। गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो । बैठकमा प्रदेश सरकारका…
Read More
विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

गण्डकी, २१ कात्तिक। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रुपमा विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उहाँले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताउनुुभयो । “विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने…
Read More
भूकम्प पीडितलाई राष्ट्रपतिले भने : चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु

भूकम्प पीडितलाई राष्ट्रपतिले भने : चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन् । मंगलबार जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताएका छन् । त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ । उनले स्थानीय जनप्रतिनिधिलाई…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष बुढा

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष बुढा

२१ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
Page 61 of 452
1 … 59 60 61 62 63 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.