समाज

बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

 २४ कात्तिक,काठमाडौँ ।पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो । भूकम्प मापन केन्द्र्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिनुभयो । नेपालमा विसं २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ…
Read More
थन्कियो दुग्धजन्य पदार्थ

थन्कियो दुग्धजन्य पदार्थ

२४ कात्तिक,चितवन । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन् । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार चार सय ५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ । उद्योगको…
Read More
रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँडिदै

रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँडिदै

२४ कात्तिक,रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदै छ । सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको रु दुई लाख वितरण गर्न लागिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ । सानीभेरीमा भूकम्पमा परी १० जनाले ज्यान गुमाएका थिए । “प्रति मृतकका परिवारलाई रु दुई लाखका दरले नगद दिइनेछ”, उहाँले भन्नुभयो । शनिबार आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने सहायक प्रजिअ बढुवालले बताउनुभयो । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको मृत्यु भएको थियो । मृतकका नजिकका कानुनी हकवालालाई राहत रकम…
Read More
रुविनाको अधुरो सपना

रुविनाको अधुरो सपना

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासे भन्ने गर्थिन् ‘आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्याउन मन छ ।’ नेपाली महिला क्रिकेटको सुरुवात जसरी भएको थियो त्यसरी नै विकास हुँदै गएको भए सायद रुविनाको सपना पनि पूरा हुन्थ्यो । तर अब उनको त्यो सपना भने अधुरै रहेको छ । एक दशक भन्दा बढी समय नेपाली महिला टिमको नेतृत्व गरेकी रुविनाको स्थानमा नेपाल क्रिकेट संघ क्यानले बिहीबार इन्दु बर्मालाई नयाँ कप्तान बनाएको छ । कम्तीमा उनले खेलाडीको रुपमा भने विश्वकप पुग्ने मौका बाँकी नै छ । रुविना र इन्दु दुवै अलराउण्डर भूमिकामा खेल्छन् । दुवैले राष्ट्रिय टिममा…
Read More
भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले भूकम्प पीडितहरुको लागि राहत सामाग्री सहयाेग स्वरूप हस्तान्तरण गरेका छन्। विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।
Read More
भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग

भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग

काठमाडौं । भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे प्रतिबद्धतालाई कार्यान्वयन गर्दै बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामाग्री लिएर नेपाल आएको हो । राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र…
Read More
देशको लागि खतरा बन्दै चिनियाँ एप

देशको लागि खतरा बन्दै चिनियाँ एप

काठमाडाैं । सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको छ । गृह मन्त्रालयले शुक्रबार टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । अमर्यादित पोस्टहरू तत्काल हटाउने र त्यसमा संलग्नलाई कानुनी कारबाही गरिने विषयमा सम्बन्धित पक्षहरूसँग छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्तिको चरित्र हत्या गर्ने, शान्तिसुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले यसमा कडाइ गर्न…
Read More
आलेख : सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

आलेख : सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

सानेबहादुर नेपाली  २२ कात्तिक,तनहुँ । नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ । विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ । सयपत्री फूलमा आत्मनिर्भर हुन यहाँका स्थानीय सरकारले किसानलाई अनुदान प्रदान गरी प्रोत्साहन गरेका छन्…
Read More
युद्धले छोरा लग्यो, भूकम्पले छोरी

युद्धले छोरा लग्यो, भूकम्पले छोरी

२२ कात्तिक, जाजरकोट । एउटै जीवनभित्र कतिवटा पीडा झेलेर बाँचुन् बिरी राना (६६) ले ! भेरीको डिलमा बसेर जाजरकोट भेरी नगरपालिका १ की बिरी रिम्नाको डाँडागाउँतिर हेर्छिन् । अनि आफ्ना सन्तानहरुको वियोगहरुलाई सम्झन्छिन् । यो भेरी, जहाँ द्वन्द्वमा १७ वर्षे छोरा अर्जुन स्कुल ड्रेसमै मारिँदा उनका आँसु बगेथे । त्यस्तै आँसु शुक्रबार रातिको भूकम्पमा छोरी टुल्की र नातिनी कृष्णा गुमाउँदा बग्न पुगे । अब त उनकै आँसु मिसिएर भेरी बगिरहेजस्तो लाग्छ । बिरीले हामीतिर रसाएका आँखाले हेर्दै भनिन्, ‘नियति यस्तै रहेछ, के गर्ने ?’ बिरीको गाउँमा तीन दशकअघि माओवादीहरु जनवादी क्रान्ति गर्न पसेका थिए । बलिदानले सुख ल्याउँछ भन्ने सपना…
Read More
यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा

२२ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ । समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ ।
Read More
Page 59 of 452
1 … 57 58 59 60 61 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.