समाज

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

१ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा विश्व विजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित भयो । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो । यस हारपछि छनोटमा अर्जेन्टिनाको लगातार चार जितको यात्रामा पनि ब्रेक लागेको छ । अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको खेलमा उरुग्वेलाई जित दिलाउन रोनाल्ड अराउजोले ४१औं र डार्विन नुनेजले ८७औं मिनेटमा गोल गरे । हारका बाबजुत पनि ५ खेलबाट १२ अंक रहेको अर्जेन्टिना अंक तालिकामा शीर्ष स्थानमा कायम छ । यस्तै तेस्रो जित हात पारेको उरुग्वे ५ खेलबाट १० अंक जोडेर…
Read More
पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको तयारी, विन्डम गार्डेनको व्यवस्थापन

पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको तयारी, विन्डम गार्डेनको व्यवस्थापन

१ मंसिर, चितवन । चितवनको पर्यटकीय केन्द्र पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको अन्तिम तयारी गरिएको छ । ५ बिघा क्षेत्रफलमा तयार गरिएको रिसोर्टमा ८५ करोड लगानी रहेको सञ्चालक दीपेन्द्र जोशीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको छेउमा राप्ती नदी किनारमा रहेको रिसोर्ट सन् २०२४ को जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको सञ्चालक जोशीले बताए । होटलमा ४६ वटा कोठा र २ वटा हल तथा गार्डेन छ । सञ्चालक जोशीका अनुसार कोठालाई स्ट्याण्डर्ड, स्वीट, प्रिमियम र नर्मल गरेर ४ क्याटेगोरीमा बाँडिएको छ । २ वटा स्वीट, २४ वटा प्रिमियम, ८ वटा नर्मल र १० वटा स्ट्याण्डर्ड…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

१ मङ्सिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।” छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा अन्दाजी तीन दिन…
Read More
चिनियाँ एप टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने

चिनियाँ एप टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको छ। प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो। केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेकाले तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन…
Read More
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए । इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।
Read More
उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

२४ कात्तिक, काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो । लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई…
Read More
होलसेलमा सस्तियो, तर बजारमा महँगी बढेको बढ्यै

होलसेलमा सस्तियो, तर बजारमा महँगी बढेको बढ्यै

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनामा होलसेल बजारको महँगी घटेको तर उपभोक्ताको भान्सामा भने महँगी बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनाको तथ्यांकअनुसार समग्र मुद्रास्फीतिमा गत वर्षको समीक्षा अवधिको तुलनामा सुधार भए पनि खाद्य र पेय पदार्थको महँगी भने झनै बढेको पाइएको हो । बजार नियमन नहुँदा थानेकमा ११ प्रतिशतले घटेको महँगी उपभोक्तामा भने पास हुन नसकेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार २०८० असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो । समग्र उपभोक्ता मुद्रास्फीति १ प्रतिशतले…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष विष्ट

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष विष्ट

२४ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु…
Read More
पाँच वर्षे कार्यकालमा ८० प्रतिशत याेजना सम्पन्न गर्ने छु : अध्यक्ष रावत

सेनाकै छानबिनबाट देखियो उपरथी पाण्डेको जन्ममितिमा कैफियत

सेनाकै छानबिनबाट देखियो उपरथी पाण्डेको जन्ममितिमा कैफियत

२४ कात्तिक, काठमाडौं । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएको नेपाली सेनाकै छानबिनबाट खुलेको छ । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो ।  लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । आयोगले पठाएको पत्र रक्षा मन्त्रालय हुँदै जंगीअड्डासम्म पुगेपछि छानबिनका लागि प्रधासेनापति प्रभुराम शर्मापछि दोस्रो वरियतामा रहेको बलाध्यक्ष रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनेको थियो । सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख प्राविधिक उपरथी रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको…
Read More
Page 57 of 452
1 … 55 56 57 58 59 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.