वीरमा ‘एक्स–रे फिल्म’ नहुँदा एक हप्तादेखि सिटीस्क्यान ठप्प
१ मंसिर, काठमाडौं । मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ । अस्पताल प्रशासनका अनुसार सप्लायर्सले ‘एक्स–रे फिल्म’ उपलब्ध नगराउँदा एक हप्तादेखि सिटीस्क्यान सेवा ठप्प भएको हो । सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ । तर, अस्पतालसँग ‘एक्स–रे फिल्म’ स्टकमा समेत छैन। सिटीस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी फर्कन बाध्य छन् । लगातार टाउको दुख्ने समस्याबाट ग्रसित भएकी सिन्धुपाल्चोककी रमिला थापा पनि सिटीस्क्यान सेवा नहुँदा फर्किन बाध्य भइन् । ‘चिकित्सकले सिटीस्क्यान गरेर हेरौं भन्नुभयो । तर, वीरमा एक हप्तादेखि नै सेवा रहेनछ’ उनले गुनासो गरिन्, ‘सरकारी अस्पतालमा मेसिन…
