बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
भूमिराज पिठातोली २४ कात्तिक, खप्तडछान्ना (बझाङ) । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो । पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उहाँहरु बस्न थाल्नुभयो । अर्कोपटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ) मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताउनुभयो । भूकम्प आएको एक सातापछि वडा…
