समाज

कैलालीको धनगढीमा एक नेताले अर्काकी श्रीमती लगेर फरार भएपछि‘

कैलालीको धनगढीमा एक नेताले अर्काकी श्रीमती लगेर फरार भएपछि‘

२८ जेठ, काठमाडाैं ।   श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्। कैलालीको धनगढीमा एक नेताले अर्काकी श्रीमती लगेर फरार भएपछि‘ धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन् । कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्। बिज्ञापन २०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेश ९विपी० बाट कैलाली क्षेत्र नम्बर ५ को ९२० बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएका हुन्।श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको गुनासो गरेका छन्। उनकी श्रीमती जानकी…
Read More
वीरगन्जमा नाला सफा गर्दा १ सय २ राउन्ड गोली भेटियो

वीरगन्जमा नाला सफा गर्दा १ सय २ राउन्ड गोली भेटियो

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको मूख्य नाला सफा गर्ने क्रममा ठूलो परिमाणमा गोली बरामद भएको छ । वीरगन्ज महानगरपालिकाको जेसीबी प्रयोग गरी आइतबार बिहान साढे ९ बजे नाला सफा गर्ने क्रममा फोहोरमा शंकास्पद प्लास्टिकको झोला फेला परेको थियो । सरसफाई कर्मचारीले तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेका थिए । प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका डीएसपी बुढाथोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त प्लास्टिकको झोला खोली हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउड गोली फेला परेको बताए ।…
Read More
‘निर्धारित समयमै मनसुन भित्रिने अनुकूल वातावरण बन्दै गएको छ’

‘निर्धारित समयमै मनसुन भित्रिने अनुकूल वातावरण बन्दै गएको छ’

काठमाडाैं । पछिल्लो डेढ साता मुलुकका धेरै स्थानमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो। गर्मीका कारण तराई–मधेसमा कृषिदेखि आममानिसको जनजीवन अस्तव्यस्त हुँदा संसददेखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए। सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ। अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै छ। नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ। यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै…
Read More
काठमाडौंमा प्रहरीले चलायो गोली

काठमाडौंमा प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषधक कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारी भागेपछि पक्राउ गर्नका लागि गोली चलाएको हो। गोली लागेर लागुऔषध कारोबारी विकास भगवत घाइते भएका छन्। उनको घुँडामुनि गोली लागेको छ। नेपाल प्रहरीका एसएसपी गोविन्द थपलियाका अनुसार लागुऔषधको कारोबार भइरहेको ठाउँमा प्रहरी आएको थाहा पाएपछि प्रहरीमाथि कारोबारीहरूले गोली चलाएका थिए। प्रहरीले जवाफी फायर हानेको हो। कारोबारमा संलग्न अन्य केही व्यक्तिहरू भने फरार छन्। घटनाबारे अनुसन्धान जारी रहेको थपलियाको भनाइ छ।
Read More
दाइजोलाई लिएर दुई महिलाको हत्या

दाइजोलाई लिएर दुई महिलाको हत्या

२८ जेठ, सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक(पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताउनुभयो…
Read More
राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन स् उपप्रधानमन्त्री श्रेष्ठ

राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन स् उपप्रधानमन्त्री श्रेष्ठ

२८ जेठ,महोत्तरी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उहाँको भनाइ छ । “गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी, प्रशासनिक अधिकारी…
Read More
बिक्दैनन् फलफूलका बिरुवा

बिक्दैनन् फलफूलका बिरुवा

२८ जेठ , रेसुङ्गा ।  गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । उहाँले भन्नुभयो , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ” उहाँले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आउनुभएको छ । विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन् । सदरमुकाममै नर्सरी रहे पनि उहाँ बिरुवा बिक्री नभएपछि…
Read More
हसंपुरमा मदिरारहित समाज निर्माण अभियान

हसंपुरमा मदिरारहित समाज निर्माण अभियान

२८ जेठ,गण्डकी । कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो । स्थानीय विभिन्न सङ्घसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिनुभयो । लागुऔषधको प्रयोग तथा बिक्री–वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणको प्रयास थालिएको उहाँको भनाइ छ । महिला मिलन विकास समितिका…
Read More
लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित

लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित

२८ जेठ,नवलपुर  । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् । विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिनुभयो । हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको…
Read More
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’

‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’

२८ जेठ,खजुरा  । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो । जिल्लाको राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश…
Read More
Page 212 of 452
1 … 210 211 212 213 214 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.