समाज

अत्यधिक गर्मी, जनजीवन प्रभावित

अत्यधिक गर्मी, जनजीवन प्रभावित

२८ जेठ,दोधारा चाँदनी  । केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताउनुभयो । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उहाँले भन्नुभयो, “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।” महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गर्नुभयो । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर…
Read More
तीन पत्रकारलाई ‘टेलिफल्म अवार्ड’

तीन पत्रकारलाई ‘टेलिफल्म अवार्ड’

२८ जेठ,काठमाडौँ  ।  तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् । दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान०का सचिवसमेत रहनुभएका पत्रकार टङ्क कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की शनिबार मूलपानीमा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको हो । बक्स अफिस इन्टरनेसनल गु्रपका अध्यक्ष आरके सुवेदी संयोजक रहेको नेपालको एकमात्र अवार्ड हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले यस प्रकारको सम्मानले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन मिल्ने बताउनुभयो । कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्टहरूलाई पनि सम्मान प्रदान गरिएको थियो ।
Read More
यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

२६ जेठ, काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर ९लु० जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो । यसपालि तराईका जिल्लाका साथै पहाडी…
Read More
व्यापार घाटा रु १२ खर्ब चार अर्ब

व्यापार घाटा रु १२ खर्ब चार अर्ब

२६ जेठ, काठमाडौँ ।   चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात(आयात अनुपात नौ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत थियो । चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात…
Read More
रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा

रोमानिया र माल्टा कामदार पठाउन खोज्ने कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो । सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी…
Read More
पानी नपरेपछि सामूहिक पूजा

पानी नपरेपछि सामूहिक पूजा

२६ जेठ, रामपुर ।  लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । यहाँका करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर उनीहरुले पानी…
Read More
मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

मुर्रा राँगा नेपाल आइपुग्न दुई महिना लाग्ने

२६ जेठ,ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय ९पोखरा, नेपालगञ्ज र लहान०मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ । सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् । ढकालले भन्नुभयो, “स्थानीयस्तरबाट…
Read More
जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

२६ जेठ,बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ । जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयोे, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या…
Read More
नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

२६ जेठ,राँझा । नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताउनुभयो । “यही गतिमा काम भए हाम्रो घर अगाडि छिट्टै चार लेन सडक बन्ने छ”, बर्माले खुसी हुँदै भन्नुभयो, “यति छिटो काम भएकामा स्थानीय बासिन्दा सबै खुसी भएका छन् ।” हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका इञ्जीनियर कृष्ण पाण्डेले नेपालगन्ज–गुलरिया सडकखण्ड विस्तारअन्तर्गत हाल माटो पटानको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ३२…
Read More
चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

२६ जेठ, भक्तपुर ।  भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले निःशुल्क रगत पाउन थालेका हुन्। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावश्यक रगत निःशुल्क उपलब्ध गराउन थालेको हो । रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय…
Read More
Page 213 of 452
1 … 211 212 213 214 215 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.