समाज

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

२९ जेठ, काठमाडौँ ।  नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिनुभयो । गृहजिल्ला कञ्चनपुर क्षेत्र नं २ कांग्रेसका नेताहरुसँग आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने स्पष्ट पार्नुभएको हो । प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२…
Read More
बाढीपहिरोबाट यो वर्ष साढे १२ लाख प्रभावित हुने अनुमान

बाढीपहिरोबाट यो वर्ष साढे १२ लाख प्रभावित हुने अनुमान

२९ जेठ, काठमाडौं ।  यो वर्षको बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य जोखिमको अवस्थाबारे जानकारी गराउँदै यस वर्ष १२ लाख ५० हजार नागरिक प्रभावित हुनसक्ने बताए । प्राधिकरणको विश्लेषण अनुसार कोशी प्रदेशमा तीन लाख एक हजार १४३, मधेशमा चार लाख तीन हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित हुने आकलन छ । मनसुनजन्य प्रकोपको पूर्वसूचना तथा पूर्वकार्यका लागि…
Read More
सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दी, २९ जेठ (रासस)।  म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डालगायतका पौष्टिक आहरा उपहार दिइएको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “स्वास्थ्य संस्थामा गई चार, छ, आठ र नौ महिनामा गर्भ जाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२…
Read More
गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

२९ जेठ, रामपुर (पाल्पा ),  ।  अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो । रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने दिइएको छ । बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । शिक्षा शाखाले तातो हावा (लू)बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोधसमेत गरेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक…
Read More
उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

२९ जेठ , बेदकोट।  कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गर्नुभएको छ । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उहाँको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उहाँले भन्नुभयो, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उहाँले भन्नुभयो,…
Read More
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

२९ जेठ, काठमाडौँ ।   हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगाय देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी देशका पहाडी…
Read More
गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान

गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान

२९ जेठ, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा आइतबार आयोजित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले आगामी २०८३ चैत मसान्तसम्म पालिकालाई बालमैत्री पालिका बनाउन बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बालमैत्री स्थानीय शासन अवलम्बन तथा बालमैत्री सुशासन प्रवद्र्धन गर्नको लागि सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ…
Read More
ट्याङ्करबाट पानी वितरण

ट्याङ्करबाट पानी वितरण

२९ जेठ  , जलेश्वर ।   जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिनुभयो । बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्दको जनाइएको छ । मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताउनुभयो । जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव…
Read More
किसानलाई सिँचाइमा समस्या

किसानलाई सिँचाइमा समस्या

२८ जेठ, टीकापुर ।  कैलालीका किसानलाई सिँचाइ कुलामा पानी नआएपछि खेती गर्ने समयमा समस्या भएको छ । धानको ब्याड ९बीउ० राख्ने बेलामा कुलामा सिँचाइका लागि पानी नआएपछि कैलालीका अधिकांश किसानले बीउ छर्न पाएका छैनन् । कतिपय किसानले मोटर तथा बोरिङको सहायतामा बीउ राख्न थालेका छन् । कैलालीको जमरा कुलोमा पानी आएको साता दिन भयो । खेतीपातीको समय सुरु हुँदै गर्दा एक साताअघि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले रानी, जमरा र कुलरिया कुलामा पानी छाडेको छ तर जमरा कुलोमा भएको पानी शाखा, उपशाखा तथा प्रशाखा कुलामा छाडेकोे छैन । शाखा प्रशाखा कुलामा पानी नगएपछि किसानले मोटर चलाएर धानको ब्याड राख्नुपर्ने बाध्यता…
Read More
जहाँ अझै शौचालय छैनन्

जहाँ अझै शौचालय छैनन्

२८ जेठ, गलकोट ।  बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले जनाएको छ । जिल्लामा रहेका ६४ हजार एक सय ५३ घरपरिवारमध्ये आठ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो । उहाँले जिल्लाकोे तथ्याङ्क सार्वजनिक अझै पनि आठ सय ६५ घरपरिवारमा शौचालय नभएको,…
Read More
Page 211 of 452
1 … 209 210 211 212 213 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.