काठमाडौंमा प्रहरीले चलायो गोली

Share Icon

काठमाडौं । लागुऔषधक कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषध कारोबारी भागेपछि पक्राउ गर्नका लागि गोली चलाएको हो।

गोली लागेर लागुऔषध कारोबारी विकास भगवत घाइते भएका छन्। उनको घुँडामुनि गोली लागेको छ।

नेपाल प्रहरीका एसएसपी गोविन्द थपलियाका अनुसार लागुऔषधको कारोबार भइरहेको ठाउँमा प्रहरी आएको थाहा पाएपछि प्रहरीमाथि कारोबारीहरूले गोली चलाएका थिए।

प्रहरीले जवाफी फायर हानेको हो। कारोबारमा संलग्न अन्य केही व्यक्तिहरू भने फरार छन्। घटनाबारे अनुसन्धान जारी रहेको थपलियाको भनाइ छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.