समाज

जेसिबीको ठक्करबाट बालकको मृत्यु

जेसिबीको ठक्करबाट बालकको मृत्यु

२६ असार,गलकोट । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।
Read More
फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

२६ असार,त्रिवेणी । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ । मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग…
Read More
बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

– रामबहादुर थापा २६ असार,गण्डकी । बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए । कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिइरहेका थिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा सोमबार बिहान पुग्दा देखिएको दृश्य हो यो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत महिनादेखि बिहानी सेवा सुरु गरेको थियो । अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा…
Read More
‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

२६ असार,टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गर्नुभएको छ । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थाल्नुभएको छ । “मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु”, उहाँले भन्न्ुभयो “मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर…
Read More
चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

श्रीमननारायण विसं २०७२ सालमा मधेस केन्द्रित राजनीतिक दलहरूले नवनिर्मित संविधानप्रति असन्तुष्टि जनाउँदै सिमानाका केन्द्रित सडक आन्दोललाई लामो समयसम्म निरतन्रता दिँदा भारतसितको व्यापार प्रभावित भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यतिबेला देशका प्रधानमन्त्री थिए । भारतमाथिको व्यापारिक निर्भरतालाई कम गर्न उनले चीनसित अनेकौं सम्झौता गरे । खास गरिकन चीनबाट इन्धन किन्ने सम्झौता समेत गरे । त्यताबाट एकाध ट्रक पेट्रोल अनुदानमा आएपछि त्यसलाई ठूलो उपलब्धिका रूपमा र भारतको विकल्पको रूपमा प्रचारप्रसार गरियो । त्यतिबेला ठूलै हल्लीखल्ली गरेर पारवहन तथा यातायात सम्झौता गरियो तर त्यसको प्रोटोकोल टुंग्याउन नै तीन वर्ष लाग्यो । त्यतिबेलै सातवटा चिनियाँ बन्दरगाहको उपयोग गर्ने सम्झौता भयो…
Read More
भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

२५ असार,भक्तपुर। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा शान्तिसुरक्षा मजबुद बनाउने, नाकामा कडाइ गर्ने र कानुनविपरीतका अवैध गतिविधि रोक्ने उद्देश्यले भएको ‘अन्तरजिल्ला सुरक्षा समन्वय’ बैठक सम्पन्न भएको छ । भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका तीन र काभ्रेपलाञ्चोकबीच जिल्लाका सुरक्षा निकाय एक भएर शान्ति, सुरक्षाका पक्षमा काम गर्ने निर्णय भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत चारवटै जिल्ला सुरक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चारवटै जिल्लाका नाकामा कडाइ गर्ने निर्णय गरेको छ । बैठकबारे जानकारी दिँदै भक्तपुरका प्रजिअ रिजालले…
Read More
पानी नपरेपछि खडेरीको चिन्तामा किसान

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

– गोपालप्रसाद बराल  २५ असार,महोत्तरी।असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् । “अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” (यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भन्नुभयो, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?” (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) । असार मास (महिना) मा चैत÷वैशाखको जस्तो हुरहुरे…
Read More
जलजला आलुको बीउमा आत्मनिर्भर

जलजला आलुको बीउमा आत्मनिर्भर

२५ असार,पर्वत । वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो । तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ । रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र…
Read More
मिलोमतोमा बाँकेमा नदी दोहन

मिलोमतोमा बाँकेमा नदी दोहन

उमेश दलामी बाँके । राजनितिक संरक्षण र स्थानीय सरकारको मिलेमतोमा बाँकेमा अवैधरुपमा नदी दोहन गर्ने क्रम रोकिएको छैन । नदीजन्य पदार्थको दोहन अत्यधिक भएपछि यतिबेला राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न ठाउँमा नदीजन्य पदार्थका चाड मात्रै देखिन थालेका छन । यसरी अबैद्य रुपमा नदी दोहनमा जनप्रतिनिधी दलिय नेता देखि पुर्व डिआईजी समेतको सक्रियता देखिएको छ । जनप्रतिनिधी र नेतासँगै डनहरुको त विगतदेखि नियमति कर्म नै भएको खोला दोहनमा यतिबेला प्रहरीका पुर्व डिआईजी महेशविक्रम शाहलगायतको टीम पनि नदी दोहनमा सक्रिय देखिएको नागरिक बताउँछन । डिआईजी शाहले शक्ति आडमा राप्तीबाट नदी दोहन गरी डुडुवा गाउँपालिका छ मा थुपारेको डुडुवा गाउँपालिकाका एक जनप्रतिनिधीले समेत…
Read More
गल्याङबाट चार लाख लिटर दूध निर्यात

गल्याङबाट चार लाख लिटर दूध निर्यात

२५ असार,गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू १५ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुुन् । पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ । नगरप्रमुख गुुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय…
Read More
Page 187 of 452
1 … 185 186 187 188 189 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.