समाज

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

२५ असार,गण्डकी । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभाका सदस्य नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा नियमावली सभामुखबाट पारित भएपछि सोहीअनुसार सदनको कामकारबाही अगाडि बढ्ने बताउनुभयो । नियमावलीमा रहेको प्रावधानअनुसार विषयगत समितिको गठन प्रक्रिया छिट्टै सुरु हुने उहाँको भनाइ थियो । “सभामुखले समितिका…
Read More
हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

२५ असार,काठमाडौँ । मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ । हेटौँडा–भरतपुर खण्ड प्रसारणलाइन सञ्चालनमा आएपछि हेटाँैडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो…
Read More
चार श्रष्टा सम्मानित

चार श्रष्टा सम्मानित

२५ असार,दोधारा चाँदनी । गुगुल्डी वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा चार श्रष्टा सम्मानित भएका छन् । गुगुल्डी वाङ्मय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा साहित्यकार कृष्ण पेलालाई गुगुल्डी न्वाकी मानपान, डा नारायणी भट्टलाई ग्वाल्लेक गौरव लछुमणि चन्द स्मृति मानपान, गायक लछिधन अधिकारीलाई माल महिम राम रतन सम्मान र कवि प्रेम प्रकाश कलौनीलाई मनोहर वसन्ती गजाधर स्मृति मानपानबाट सम्मानित गरिएको प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिनुभयो । “हरेक वर्ष वार्षिकोत्सवका अवसरमा हामीले यहाँको भाषा, साहित्यको श्रीवृद्धिमा योगदान पु¥याउनुहुने श्रष्टालाई सम्मानित गर्ने गरेका छौँ ।” उहाँले भन्नुभयो–“डोटेली भाषा संस्कृति संरक्षण लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।” कार्यक्रममा वरिष्ठ साहित्यकार पञ्चमराज भट्टले डोटेली…
Read More
‘एक घर एक करेसाबारी’ निर्माण गरिने

‘एक घर एक करेसाबारी’ निर्माण गरिने

२५ असार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उहाँले बताउनुभयो । पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पु¥याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “नगरपालिका–१३ र १४ लगायतका पहाडी भेगमा कोदो, पिँडालु र आलुको पकेट क्षेत्र बनाउँछौँ । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न पकेट क्षेत्र बनाउन लागेका हौँ ।” एक घर एक करेसाबारीको नीतिले खाद्य…
Read More
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

२५ असार,काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।
Read More
उत्पादनका आधारमा दूधमा अनुदान

उत्पादनका आधारमा दूधमा अनुदान

२५ असार,रत्ननगर। चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो । नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन् । यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गर्नुभएको रेग्मीले बताउनुभयो…
Read More
चैते धान भित्र्याउने तयारीमा किसान

चैते धान भित्र्याउने तयारीमा किसान

२५ असार,घोराही । दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् । चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारीमा जुटेको बङ्गलाचुली गाउँपालिका–३ मूलाबारीका किसान कृष्णबहादुर नेपालीले बताउनुभयो । पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा जुटेको उहाँले बताउनुभयो । नेपालीले भन्नुभयो, “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ, तर वैशाखमा रोपेको धान अझै पाकेको छैन, असारको अन्तिमसम्म पाक्ने भएकाले किसान चैते…
Read More
काठमाडौँका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा ब्लक

काठमाडौँका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा ब्लक

२५ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याउनु इएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ । महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको हो । चालु आर्थिक वर्षमा नमुनाका रुपमा छ हजार पाँच सय वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको वडा नं २५ का अध्यक्ष राजेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको भनी गुनासो आएपछि ढलका लागि पाइप राखिएको पनि उहाँले बताउनुभयो । ढुङ्गाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने गरेकाले वातावरण मैत्री ब्लक छापिएको वडा कार्यालयले जनाएको छ । ढुङ्गा फुटेर समस्या हुने गरेकामा…
Read More
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

२५ असार,वीरगञ्ज । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधिनमा ल्याउन सफल भएको हो । अभियानका क्रममा वडा नम्बर १७ मा आठ , वडा नम्बर २६ मा चार , वडा नम्बर १८, २०, २४, २८, २९ र ३० नम्बर वडामा दुई÷दुई र वडा नम्बर १९ र २३ मा एक÷एकसावर्जनिक पोखरी…
Read More
के चिनियाँ ठेकेदारसामू सरकार निरीह भएको हो?

के चिनियाँ ठेकेदारसामू सरकार निरीह भएको हो?

काठमाडाैं । एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको नारायणगढ-बुटवल खण्डको काम थपिएको एक वर्ष सकिन लाग्दा समेत एक तिहाइ हाराहारीमा मात्र हुन सकेको अधिकारीहरूले बताएका छन्। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बीबीसीसँग भने, "म निकै आशावादी भएर भन्दा काम सकिन अझै एक वर्षभन्दा बढी समय लाग्छ।" महेन्द्र राजमार्ग अन्तर्गत पर्ने उक्त खण्ड सडक विभागको जिम्मेवारी अन्तर्गत पर्छ। उक्त सडकको अधिकांश भागमा दुवैतर्फ सर्भिस लेन समेत थपिन लागिएको छ। तर विसं २०७५ साल चैतमा सुरु गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको उक्त परियोजना कहिले सकिन्छ भन्ने प्रश्नको प्रस्ट उत्तर कसैसँग छैन।…
Read More
Page 188 of 452
1 … 186 187 188 189 190 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.