समाज

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

२७ असार,बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । शिवनाथ–५ का गोरख सिंह साउद,…
Read More
बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

२७ असार,झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उहाँको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार…
Read More
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

२७ असार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भन्नुभएको छ । उहाँले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । “सीताले देश…
Read More
तालिमपछि उद्यमी बन्दै चौकोटका महिला

तालिमपछि उद्यमी बन्दै चौकोटका महिला

२७ असार,बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटका सोनल देउजा केसी अचेल ढाका र मखमलको कपडाका चप्पल र जुत्ता बुनेर तयारी गर्ने काममा व्यस्त हुनुहुन्छ । अचेल ग्राहकको मागअनुसार थरिथरिका चप्पल र जुत्ता तयार गर्दै बिक्री गर्नु उहाँको दैनिकी बनेको छ । सोही ठाउँका अस्मिता श्रेष्ठ जुत्तामा प्रयोग गर्ने फित्तामा विभिन्न थरिका बुट्टा भर्ने काममा व्यस्त हुनुहुन्छ । हरेक प्रकारका जुत्ता र चप्पलमा आकर्षक बुट्टा भर्दै फित्ता तयार गर्ने काममा उहाँको दिन बित्ने गरेको छ । केसी र श्रेष्ठजस्तै सम्झना थापा र शर्मिला अधिकारीको दैनिकी पनि उस्तै छ । यसअघि घरमै गृहिणी भएर कृषि कर्ममा व्यस्त रहनुभएका उहाँहरू त्यसरी जुत्ता बुन्ने…
Read More
दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुग्नुभएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको छ । दाहालको निधनको खबर थाहा पाएपछि उहाँहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ । दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।
Read More
दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुग्नुभएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको छ । दाहालको निधनको खबर थाहा पाएपछि उहाँहरू श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुग्नुभएको हो । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ । दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो ।
Read More
प्रधानमन्त्रीपत्नी दाहालको निधन

प्रधानमन्त्रीपत्नी दाहालको निधन

२७ असार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिनुभयो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।
Read More
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने

२७ असार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
Read More
उत्तरी नाकामा धमाधम व्यापारिक पूर्वाधार बनाउँदै चीन

उत्तरी नाकामा धमाधम व्यापारिक पूर्वाधार बनाउँदै चीन

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनले आफूसँग सीमा जोडिएका नेपाली भूभागमा धमाधम व्यापारिक पूर्वाधार बनाउने क्रमलाई तीव्रता दिएको छ । चीनले ४ अर्ब रुपैयाँ सहयोगमा सिन्धुपाल्चोकको तातोपानीपछि ३ अर्बको लागत सहयोगमा रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ । चीनले तातोपानी सुख्खा बन्दरगाह, मितेरी पुल र ६ किलोमिटर सडक निर्माणका लागि ४ अर्बभन्दा बढी रकम खर्च गरेको थियो । तातोपानी सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएर हाल सञ्चालनमा छ । यता रसुवाको टिमुरेमा ३ अर्बको लागतमा निर्माणाधीन अवस्थामा रहेको सुख्खा बन्दरगाहको कामसमेत ४५ प्रतिशत सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सन् २०२५ भित्र…
Read More
चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ

चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ

काठमाडाैं । चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमानाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ। चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा क्षेत्रमा पुग्न समेत रोक लगाईएको छ। नाकावन्दीका कारण उनीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामाग्रीको मुल्य आकाशिएको छ। काठमाण्डौं हुँदै पुग्ने सामानको मुल्य ३ देखि ४ गुणा महंगो भएको मुस्ताङको लोमान्थाङका स्थानीयवासी छिरिङ तार्गे वताउँछन्। दोस्रो कारण सीमामा हुने मिचाहा प्रवृत्ति हो। अधिकांश सीमास्तम्भ नेपालतर्फ सारिएका छन्। तर, त्यसलाई राज्य नै लागेर छोपछाप गर्ने…
Read More
Page 185 of 452
1 … 183 184 185 186 187 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.