समाज

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

२८ असार,काठमाडौँ । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
Read More
भवन नहुँदा सेवा प्रवाहमा समस्या

भवन नहुँदा सेवा प्रवाहमा समस्या

२८ असार,ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए । इकाला प्रशासन कार्यालय २०६३ सालमा पुनःस्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५…
Read More
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

२८ असार,काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ । “सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।” उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको…
Read More
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

चितवन, २८ असार। लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ । लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाका इन्जिनियर कुलराज चालिसेले जानकारी दिनुभयो । पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उहाँले बताउनुभयो । चालिसेले भन्नुभयो, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका…
Read More
तीन हजार सात सय घर उच्च जोखिममा

तीन हजार सात सय घर उच्च जोखिममा

२८ असार,काभ्रे । काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो । सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् । प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय…
Read More
मनाङका चौपायामा लम्पी स्किन

मनाङका चौपायामा लम्पी स्किन

२८ असार,मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उहाँले बताउनुभयो । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भन्नुभयो । किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने…
Read More
हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

२८ असार,पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ । हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आउनुभएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउनुहुन्छ । “बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था…
Read More
कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

–दुर्गा देवकोटा  २८ असार,टीकापुर। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ । कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । कर्णाली नदीको पानी बर्दियाको गेरुवा नदीतर्फ १० प्रतिशत मात्र गइरहेको, कर्णालीतर्फ ९० प्रतिशत आइरहेकाले टीकापुरका बस्ती जोखिममा रहेका विज्ञहरु बताउँछन् । कर्णाली नदीका कारण टीकापुर पार्क क्षेत्र बढी जोखिममा रहेको छ । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न…
Read More
तीन हजार सात सय घर उच्च जोखिममा

तीन हजार सात सय घर उच्च जोखिममा

२८ असार,काभ्रे । काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो । सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् । प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय…
Read More
बाँकेमा गड्यौला खेती कार्यक्रमको अनुगमन

बाँकेमा गड्यौला खेती कार्यक्रमको अनुगमन

बाँके । कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा राप्तीसोनारी ९ को बुचापुरमा बुधबार सरोकारवाला निकयका प्रतिनिधिहरुले संयुक्त अनुगमन र छ्लफल गरेका छन्। प्रदेश सरकारको माटो सुधार कार्यक्रम अन्तरगत गड्यौला खेती कार्यक्रमको अनुगमन गरिएको हो । साकार कृषी सहकारी संस्था राप्तीसोनारी ५ को सहकार्यमा जन जागरण कृषि सहकारी संस्था राप्तीसोनारी ९ का १९ जना किसानहरुलाइ गड्यौला खेतीका लागि सहयोग गरिएको थियाे । अनुगमनमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिह राठौर,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख खडानन्द अधिकारी लगायतको सहभागिता रहेकाे थियाे ।
Read More
Page 183 of 452
1 … 181 182 183 184 185 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.