ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार
१८ साउन,रामपुर (पाल्पा)। गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा भक्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषद्योपचार सेवा पाएपछि उहाँलाई स्थानीय सरकार नै जनताको सरकार भएको बताउनुहुन्छ । “उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले गाउँघरमा नै आएर सबै सेवा दिन थालेपछि धेरै सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक भत्ताको नवीकरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषद्योपचार कसरी गर्ने भन्ने अहिले पिरलो छैन ।” उहाँ बिरामी भएका बखत…
