सुन तस्करीमा चिनियाँ गिरोह नै संलग्न, १० चिनियाँ अध्यागमनको कालोसूचीमा
काठमाडाैं । राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ । हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग्नता भेटिएको स्रोतको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्याउने गरी भएको यो तस्करीमा चिनियाँहरूको प्रमुख भूमिका अझै खुलिसकेको छैन, तर तस्करी व्यवस्थापनमा भने उनीहरूको संलग्नता खुलेको छ । यसका लागि विभिन्न तह र भूमिकामा चिनियाँहरू देखिएका छन् । ‘सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ,’ राजस्व अनुसन्धान विभागका…
