चिनियाँ ठेकेदारकाे चरम लापरवाही, समयमा सम्पन्न भएन आयोजना
काठमाडाैं । कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ। बुटवल–नारायणगढ खण्डको १३१ किलो मिटरका सडकको अवस्था पनि त्यस्तै छ। ४२ महिनामा स्तरोन्नती गर्नुपर्ने सडक ५२ महिना पुरा हुँदा पनि भएको छैन। ४२ महिनामा एक तिहाई मात्र काम भएको छ। यसैगरी जापानी सहयोग नियोग (जाइका) को ऋण लगानी रहेको नागढुंगा–नौबिसे सुरुङ आयोजना निर्माणमा पनि ढिलासुस्ती उस्तै छ। सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो तर भएन। समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म…
