नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार : राजदूत
१७ साउन,वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले…
