समाज

सागरनाथ वन परियोजनाका कर्मचारीले एकवर्ष देखि तलब पाएनन्

सागरनाथ वन परियोजनाका कर्मचारीले एकवर्ष देखि तलब पाएनन्

१५ साउन,सर्लाही। सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन भएको काठ बिक्री नभएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरुमा (क्वाटर गर्थ) शूत्रमार्फत काठ बिक्री गर्ने गरिएको भए पनि हुबर शूत्रले हिसाब गर्दा काठको परिमाण धेरै निस्किने गरेको र नयाँ नियमावलीले राजस्व दर पनि बढाएका कारण परियोजनाको काठ बिक्री नभएको हो…
Read More
किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान

१५ साउन,दमौली।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।” गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी…
Read More
पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

१५ साउन,काठमाडौँ । सौरमासअनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । साउनको तेस्रो सोमबार आज सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड बढेको उहाँले सुनाउनुभयो । बोल बम काँवरिया सङ्घको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो । साउनको सोमबार पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास…
Read More
शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’

शिक्षण पेशासँगै उद्घोषणमा जमेका ‘केपी’

१५ साउन,महेन्द्रनगर ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ । विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला र प्रभावकारी उद्घोषणकै कारण उहाँको माग सुदूरपश्चिमसँगै भारतमा प्रवासीहरुले आयोजना गर्ने ‘स्टेज’ कार्यक्रममा धेरै छ । काठमाडाँैदेखि भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न नेपाली समाजले आयोजना गर्ने कार्यक्रममा पारिश्रमिक लिएर उद्घोषणका लागि जाने कलौनीसित कैलाली र कञ्चनपुरका स्थानीय रेडियो एफएममा काम गरेको अनुभव छ । दुई दशकदेखि उद्घोषणमा सक्रिय कलौनीले हालसम्म मेला÷महोत्सवमा…
Read More
समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

१५ साउन,काठमाडौँ । संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
Read More
‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

१५ साउन,चितवन ।बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको…
Read More
महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै

१५ साउन,जलेश्वर ।महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् । उहाँले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिनुभयो । पानी…
Read More
गाउँमै मेवा खेतीमा रमाउँदा

गाउँमै मेवा खेतीमा रमाउँदा

१५ साउन,मन्थली ।कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गर्नुभएको छ । उहाँले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहनुभएको छ । उहाँको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उहाँले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री गर्नुहुन्छ । बजारमा मेवाको मूल्य प्रतिकेजी रु एक सयभन्दा माथि नै रहेको छ । व्यवसायी तामाङले भन्नुभयो, “ सात वर्ष कोरियामा मासिक रु दुई लाखभन्दा बढी तलबमा काम गरेँ । कोरोना महामारीको…
Read More
सरकारी गाडीको ठक्करबाट दुई जना घाइते

सरकारी गाडीको ठक्करबाट दुई जना घाइते

उमेश दलामी दाङ । सरकारी गाडीको ठक्करबाट दाङमा दुई जना घाइते भएका छन। घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका-३ का ३८ वर्षीय खुम बहादुर राजकोटी र लमही नगरपालिका-९ तेलियाका ४९ वर्षीय भीम बहादुर कुमाल रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । घाइते दुबैजनाको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेकाे बा २ झ ४५४६ नम्बरकाे सरकारी स्कार्पियो गाडीले पूर्बबाट पश्चिमतर्फ जाँदै गरेकाे रा ३ प ५५९८ नम्बरको माेटरसाइकललाई हसनापुर जाने चोक नजिकै ठक्कर दिएकाे थियाे । प्युठानको झिमरुक गाउँपालिकाको गाडी रहेको प्रहरीले बताएको छ । मर्मत गरेर प्युठान…
Read More
गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन आग्रह

१४ साउन,काठमाडौँ।सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदहरूले गैरसरकारी संस्था नवीकरणलाई सहज बनाउन समाज कल्याण परिषद्लाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले गैरसरकारी संस्थाको नवीकरण अत्यन्त झन्झटिलो भएको गुनासोहरू आइरहेको बताउँदै त्यसलाई अत्यन्त सहज बनाउन आग्रह गर्नुभएको हो । समितिका सदस्य लक्ष्मी तिवारीले संस्था नवीकरणमा समस्या देखिएको र झन्झटिलो रहेको भन्दै परिषद्ले नवीकरणलाई सहज बनाउनुपर्ने र संस्थाहरूको अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । सांसद कल्पना मियाँ कुसारीले अहिलेसम्म नेपालका सरकारी÷गैरसरकारी संस्थाहरूको अवस्थाबारे परिषद्ले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद अनिता देवीले मधेस प्रदेशमा सरकारी÷गैरसरकारी संस्थाहरूको क्रियाकलाप थाहा हुनुपर्ने बताउनुभयो । समिति सदस्य शान्ति विकले सरकारी÷गैरसरकारी संस्थाहरूले…
Read More
Page 162 of 452
1 … 160 161 162 163 164 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.