Share Icon

उमेश दलामी
दाङ । सरकारी गाडीको ठक्करबाट दाङमा दुई जना घाइते भएका छन। घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका-३ का ३८ वर्षीय खुम बहादुर राजकोटी र लमही नगरपालिका-९ तेलियाका ४९ वर्षीय भीम बहादुर कुमाल रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

घाइते दुबैजनाको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेकाे बा २ झ ४५४६ नम्बरकाे सरकारी स्कार्पियो गाडीले पूर्बबाट पश्चिमतर्फ जाँदै गरेकाे रा ३ प ५५९८ नम्बरको माेटरसाइकललाई हसनापुर जाने चोक नजिकै ठक्कर दिएकाे थियाे ।

प्युठानको झिमरुक गाउँपालिकाको गाडी रहेको प्रहरीले बताएको छ । मर्मत गरेर प्युठान फर्किदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटना पछि गाडी चालक शरद रोका फरार रहेका छन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

Facebook Comments Box

Share Icon