विधेयकमा हाम्रा माग समेटिनुपर्छ ः शिक्षक महासङ्घ

Share Icon

१८ साउन,काठमाडौँ।नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ ।

महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक स्वीकृत गरी सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ भने विधेयक सार्वजनिक भएको छैन । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा मस्यौदामा आफूहरूसँग भएका सहमति र माग सम्बोधन हुनुपर्ने उल्लेख छ । “धोका भएका हामी पुनः आन्दोलनका कार्यक्रमसहित आउन बाध्य हुनेछौँ”, विज्ञप्तिमा भनिएको छ, “हामी मुख्य सरोकार पक्षसँग सरकारले आधिकारिकरुपमा मस्यौदामा छलफल र संवाद गर्न चाहेमा हामी तयार छौँ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.