समाज

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ, बौद्धिक पलायनलाई रोकौँ : प्रधानमन्त्री

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ, बौद्धिक पलायनलाई रोकौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो । त्यसका निम्ति आम नागरिकमा ‘देशभित्रै सम्भव छ’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ । गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति…
Read More
वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । सोमवारदेखि ललितपुरको गोदावरीमा शुरू भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले यस्तो जानकारी गराएका हुन् । उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए । उनले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए । उनले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्पत्ति छानबिनको प्रस्ताव पारित गरेर वडा…
Read More
संकटमा कांग्रेस : एक वर्षमै ११ करोड २५ लाख आम्दानी घट्यो

संकटमा कांग्रेस : एक वर्षमै ११ करोड २५ लाख आम्दानी घट्यो

काठमाडौं। नेपाली कांग्रेसको आर्थिक अवस्था नाजुक बनेको पाइएको छ । नयाँ सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ह्वात्तै कमी आएपछि पार्टीको आर्थिक अवस्थामा पनि संकट उत्पन्न भएको हो । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको सङ्ख्यामा ठूलो गिरावट आएको छ । कांग्रेसले आर्थिक वर्ष २०७८/७९ मा सदस्यता वितरण, लेभी र नवीकरणबापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो । तर, गत आर्थिक वर्ष २०७९/८० मा भने जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ । यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता…
Read More
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । यही फागुन १० गते बिहीवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुनेछ । यस्तै बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
Read More
सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन् । सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी उनले सही समाचार सम्प्रेषण गर्न राससलाई आग्रह समेत गरिन् । राससको ६३औं वार्षिकोत्सवमा समारोहमा उनले हालसालै अवधि भाषामा सेवा सुरू गरेर भाषाभाषीलाई प्राथमिकता दिएको भन्दै अब विश्व बजारमा पनि प्रतिस्पर्धी हुनुपर्ने औंल्याएकी हुन् । सरकारी स्वामित्व भएका मिडिया हिजोका जस्तो नभएको भन्दै उनले राससले जनताको आवाज बोल्नुपर्ने बताइन् । राससले गत वर्ष एक लाख बढी समाचार सामाग्री दिएको तारिफ गर्दै अब संख्यात्मकमात्र नभई गुणात्मक विकासमा…
Read More
दुई चिनियाँ नागरिकसहित पाँचजनाविरुद्ध अवैध उत्खनन मुद्दा

दुई चिनियाँ नागरिकसहित पाँचजनाविरुद्ध अवैध उत्खनन मुद्दा

काठमाडाैं । डिभिजन वन कार्यालय सिराहाले कमला–कञ्चनपुर सडक स्तरोन्नति गर्ने ठेक्का पाएको चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका दुई चिनियाँ नागरिक, नगरपालिकाका इन्जिनियर र दुईजना एक्स्काभेटरचालकविरुद्ध जिल्ला अदालतमा अवैध उत्खननकाे मुद्दा दायर गरेको छ। डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीका साइट इन्चार्ज हु सिवकिङ, जिल्ला परियोजना इन्चार्ज झाङ बाओझोङ, लहान नगरपालिकाका इन्जिनियर एकमणि सिपलिया तथा एक्स्काभेटरचालकद्वय सप्तरीको सुरुंगा नगरपालिका– १ का अजय चौधरी र सिराहाको कर्जन्हा नगरपालिका– २ का विन्देश्वरकुमार महतोविरुद्ध आइतबार अवैध उत्खननकाे मुद्दा दायर गरिएको हो। लहान नगरपालिका– १५ को चुरे वन क्षेत्रमा पर्ने खुट्टी खोलामा अवैध रूपमा ढुंगा, गिटी,…
Read More
चिनियाँ ऋणको ‘पासो’मा नेपाल एयरलाइन्स

चिनियाँ ऋणको ‘पासो’मा नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनबाट खरिद गरेका ६ वटै जहाज बिग्रिएपछि अहिले निगममाथि दायित्व थपिँदै गएको छ । निगमले २०७१ सालमा अनुदान र चिनियाँ ऋण सहयोगमा खरिद गरेका चीनमै निर्मित ६ वटा जहाजहरु बिग्रिएर थन्किएपछि जहाज खरिद गर्दा लिएको चिनियाँ ऋणको दायित्व झन् थपिँदै गएको हो । २०७७ सालदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ह्याङ्गरमा थनिएका यी चिनियाँ जहाजहरु बिक्री गर्न अहिले निगम लागि परेको छ । तर, जहाज बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा पनि निगमले जहाज खरिद गर्ने खरिदकर्ता भने पाएको छैन । पहिलोपटक निगमले जहाज बिक्रीका लागि गत पुष ५ गते बोलपत्र आह्वान गरेको थियो…
Read More
रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

रास्वपाद्वारा कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटनको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति विघटन गर्ने निर्णय गरेको छ । हालको पार्टी संगठनका गतिविधिका बारेमा गहन समीक्षा पश्चात् सो क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षकासाथ प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई जानकारी दिएका छन् । यस निर्णयसँगै कर्णाली प्रदेशमा ३ महिने “कर्णाली विशेष अभियान” संचालन गर्ने निर्णय भएको उनको भनाइ छ । बैठकले संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए । बैठकपछि पार्टी…
Read More
बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ अचानक गोली पड्किएको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन सुरु भएको छ । आफ्नो ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेपछि इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ छानबिनमा तानिएका हुन् । जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा तानेर आन्तरिक छानबिन सुरु भएको बताइएको छ । उनको पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् । उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । यस्तै गत माघ २५ गते बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको…
Read More
सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

सशस्त्र प्रहरीका डीएसपी केसी पक्राउ, अश्लील भिडियो खिचेको आरोप

काठमाडौँ । अश्लील भिडियो खिचेको आरोप सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसी स्वयम्भूबाट पक्राउ परेका हुन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीविरुद्ध स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले डीएसपी केसीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । डीएसपी केसीलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।
Read More
Page 15 of 452
1 … 13 14 15 16 17 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.