समाज

अनस्क्रिन छोरीको निधनले भावुक बने आमिर खान

अनस्क्रिन छोरीको निधनले भावुक बने आमिर खान

नयाँ दिल्ली । आमिर खानको करियरको सबैभन्दा ठुलो ब्लकबस्टर फिल्म हो ‘दंगल’ । यो फिल्मलाई सायद कमैले बिर्सिएलान् । सोही चलचित्रमा उनकी कान्छी छोरी बबिता फोगाटको भूमिका निर्वाह गरेकी अभिनेत्री सुहानी भटनागरको निधन भएको छ । आइतबार १९ वर्षको कलिलो उमेरमा सुहानी यो संसारबाट बिदा भइन् । उनको मृत्युको खबर सुनेर सबै स्तब्ध भएका छन् । आमिर खानको टोलीले पनि सुहानीको निधनमा शोक व्यक्त गरेको छ । सुहानीले बबिता फोगटको भूमिका खेलेर फ्यानहरूको मनमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । अचानक उनको मृत्युको खबरले सबै स्तब्ध भएका छन् । यो खबरलाई धेरैले पत्याउनै सकेका छैनन् । यो पनि ‘दंगल’ की…
Read More
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्ष भण्डारीलाई नियुक्त गरेको हो । यसैगरी, सरकारले आइतबार नै आयल निगमको कार्यकारी निर्देशकमा डाक्टर चन्डिकाप्रसाद भट्ट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको पनि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। यस्तै सरकारले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ ।
Read More
यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद बैठकका १० निर्णय [सूचीसहित]

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई र नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद समाधान गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप्ने निर्णय गरेको उनले बताइन्। बैठकले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा…
Read More
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै उनीहरुको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए ।
Read More
धरानमा प्रहरी र स्थानीयबीच झडप

धरानमा प्रहरी र स्थानीयबीच झडप

सुनसरी । सुनसरीमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका १९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको बताइएको छ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको बताइएको छ ।
Read More
पाँच वटा जहाज बेच्ने निगमको दोस्रो प्रयास, चिनियाँ विमान सञ्चालनमा किन भएको थियो असफल?

पाँच वटा जहाज बेच्ने निगमको दोस्रो प्रयास, चिनियाँ विमान सञ्चालनमा किन भएको थियो असफल?

काठमाडाैं । नेपाल वायु सेवा निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँच वटा जहाजहरू बिक्रीका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। तर दोस्रो पटक गरिएको बोलपत्र आह्वानमा पनि ती जहाजहरू बिक्री हुने निश्चित नभएको कतिपयको भनाइ छ। निगमका अधिकारीहरू चाहिँ यसपालि जहाज बिक्री हुने आशामा छन्। नेपाल सरकारले २०७१ सालमा अनुदान र ऋण सहयोगमा चीनमा निर्मित ६ वटा जहाजहरू ल्याएको थियो। अहिले ती विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ। प्रस्ताव नपरेपछि दोस्रो सूचना निगमले गत पुस ५ गते चीनबाट ल्याइएका जहाजहरू बिक्रीका लागि पहिलो पटक सूचना निकालेको थियो। उसले ती जहाजहरू खरिद गर्न चाहनेहरूलाई १५ दिनभित्र प्रस्ताव…
Read More
पोखरा विमानस्थल : निर्माणको बेला सवा २ अर्बको चलेखल, अख्तियारले छानबिन गर्दै

पोखरा विमानस्थल : निर्माणको बेला सवा २ अर्बको चलेखल, अख्तियारले छानबिन गर्दै

काठमाडाैं । चिनियाँ ऋण लिएर पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्षभन्दा बढी बित्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा यतिबेला अलपत्र छ । यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विमानस्थल निर्माणको क्रममा अनियमितता भएको आशंकामा अनुसन्धान तीव्र बनाएको छ । अख्तियारले गत कात्तिक १२ मा विमानस्थलसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । विशेषगरी महालेखा परीक्षकको कार्यालयले पनि औंल्याएको २ अर्ब २२ करोड रकम, जुन अर्थ मन्त्रालयले भन्सार शुल्कका लागि आयोजना कार्यालयलाई विनियोजन गरेको थियो, त्यसबारे प्रश्न उठेको हो । विमानस्थल निर्माणको क्रममा लागत दोब्बर बनाएको, ठेक्का प्रक्रियामा चलखेल गरेको, निर्माणका क्रममा गुणस्तरहीन काम भएको लगायत उल्लेख गर्दै आयोगमा उजुरी…
Read More
नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको ६४ हजार किलो चिनियाँ लसुन बरामद

नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको ६४ हजार किलो चिनियाँ लसुन बरामद

काठमाडौं । नेपाल हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको चिनियाँ लसुन भारतले सीमा क्षेत्रमा बरामद गरेको छ । बिहारको मोतिहारीस्थित सीमा शुल्क आयुक्तालयले ६४० टन चिनियाँ लसुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । जागरणमा प्रकाशित समाचार अनुसार आठवटा ट्याक्टरमा लैजान लागिएको ६४ हजार किलो लसुन एसएसबीका अधिकारीको सहयोगमा समाइएको हो । बरामद गरिएको लसुनको मूल्य १ करोड ३४ लाख भारतीय रुपैयाँ बराबरको रहेको जनाइएको छ । भारत सरकारले चिनियाँ लसुन स्वास्थ्यका लागि निकै हानिकारक भएको भन्दै पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । भारतीय अधिकारीहरुले तस्करले नेपाल- भारत खुला सीमाको फाइदा उठाएर लसुन तस्करी गर्ने प्रयास गरेको बताएका छन् । तस्करीमा…
Read More
कर्णालीमा ओएनएमको काम नहुँदासम्म शिक्षा विकास निर्देशनालयले साविककै अवस्थामा काम गर्ने

कर्णालीमा ओएनएमको काम नहुँदासम्म शिक्षा विकास निर्देशनालयले साविककै अवस्थामा काम गर्ने

सुर्खेत । माघ १० गते प्रदेश राजपत्रमा प्रकाशित ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली– २०८०’मा खारेज भएका कर्णालीका निर्देशनालयहरुको विषयमा ओएनएम नहुँदासम्म यथावत रुपमा कार्य गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त नियमावलीमा तीनवटा निर्देशनालय बाहेक सबै निर्देशनालय र मानव संशाधन विकास केन्द्र खारेज गरिएको थियो । खारेज हुने कार्यालयमा शिक्षा विकास निर्देशनालय पनि रहेको थियो । एसईईको मुखमा निर्देशनालय खारेजपछि समस्या भएको र सरकारले हचुवाको भरमा निर्णय गरेको भन्दै व्यापक रुपमा विरोध भयो । नियमावली आइसकेपछि निर्देशनालयका कर्मचारीहरु खाली बस्नुपरेको र कुनै निर्णय नहुँदा समस्या भएको थियो । यो विषयमा सत्तारुढ दल…
Read More
मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेलम्ची परियोजना : तीन पूर्वसचिव र अध्यागमनका प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् । त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १८ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । तामाङ अध्यागमन विभागका प्रमुख हुन् । शर्मा यसअघि नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचारमा मुछिएका व्यक्ति हुन् । पेमेन्ट गेटवे खरिदमा झुटा विवरण राखी अन्तर्राष्ट्रिय आशयपत्र…
Read More
Page 16 of 452
1 … 14 15 16 17 18 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.