समाज

वडाबासिहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

वडाबासिहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष आले

२२ भदाै,काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम म्याग्दे कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो म्याग्दे । नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार…
Read More
कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष गुरुङ

२२ भदाै, काठमाडाैँ । लमजुङ जिल्लामा अवस्थित क्होलासोथार गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो । क्होलासोथार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पेमा गुरुङ । क्होलासोथार गाउँपालिका वडा नम्बर १ बालमैत्रि वडा भनेर पनि चिनिने वडा पनि हो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा…
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष रानाभाट

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष रानाभाट

२२ भदाै, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । राईनास नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानाभाट अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । राईनास नगरपालिका वडा नम्बर ८ मा पालिकाबाट…
Read More
मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

२२ भदौ,राँझा (बाँके) । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरुसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नगरपालिका विगतदेखि नै सक्रिय भएर लागिरहेको जानकारी दिनुभयो । उहाँले मानव बेचबिखनविरुद्धको अभियान जिल्लास्तरको खाका बनाएर पालिकासँग सहकार्य गर्न जिल्लास्तरीय समितिलाई अनुरोध गर्नुभयो । “मानव बेचबिखन तथा ओेसारपसारका दृष्टिकोणले कोहलपुर पश्चिम नेपालको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा रहेकाले वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “जिल्लास्तरीय समितिले आर्थिक वर्षको योजना निर्माण गर्नुअघि…
Read More
प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

२२ भदौ,दमौली । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै नागरिकको माग तथा गुनासो सुनुवाइ नगरी एकतर्फी रुपमा जग्गा अधिग्रहणको सूचना प्रकाशित गरिएकामा विरोध जनाएका हुन् । प्रसारण लाइनको टावर पर्ने भनी उल्लेख गरिएको तारमुनिका बारेमा केही नबोलिएको भन्दै प्रसारण लाइनको सर्भे गर्दादेखि नै आयोजनाबाट वैज्ञानिक रुपमा नसोचिएको बताइएको छ । केही दिनअघिको भेलाबाट स्थानीय जग्गाधनीहरुले सरोकार समितिको गठनसमेत गरेका छन् । सरोकार समितिले एमसिसी परियोजनाको जग्गा अधिग्रहणको नीतिप्रति असहमति जनाउँदै जग्गा अधिग्रहण गर्न नदिने निर्णय गरेको…
Read More
ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

डम्मर बुढा मगर २२ भदौ,ढोरपाटन (बागलुङ) । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताउनुभयो…
Read More
पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

२२ भदौ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताउनुभयो । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ । त्यसकारण हालै नगरपालिकाले रु तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताउनुभयो…
Read More
नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

नेपालगञ्जमा गरिबसँग स्थानीय सरकार

२२ भदौ,नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । उक्त कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समितिका संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो । गत साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको…
Read More
पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्छ : प्रदेश प्रमुख शर्मा

पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्छ : प्रदेश प्रमुख शर्मा

२२ भदौ,मनहरी। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्त्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीका अवसरमा बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै नयाँ अन्न खाने दिनका रूपमा मनाइने न्वागी पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गर्नुभयो । “भिरपाखामा बस्न रुचाउने चेपाङ समुदायले पाखापखेरामा लगाएको मकै, धान र फलफूल भदौमा पाक्ने भएकाले यही महिनामा न्वागी धुमधामसँग मनाउने गरिएको हो”, सन्देशमा भनिएको छ, “छरछिमेकी, नाताकुटुम्ब निम्ता गरी सामूहिक भोज, नाचगानसहित रातभर जागा बस्ने र सुखदुःख साट्ने पर्वका रूपमा न्वागीलाई…
Read More
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

२२ भदौ,मलेखु । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए । जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए । मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए । त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ । नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरुको मुख्य पर्व पनि हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’…
Read More
Page 133 of 452
1 … 131 132 133 134 135 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.