Share Icon

२२ भदौ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।

कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताउनुभयो । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ ।

त्यसकारण हालै नगरपालिकाले रु तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताउनुभयो । तालमा पानी टिकाउन समस्या भएसँगै पहिलो चरणमा अहिले तालको भित्री भागमा एक हजार तीन सय मिटर लम्बाइको वरपर ढुङ्गाको पर्खाल लगाउन सुरु गरिएको छ ।

तालको ढिकसँगै जोडेर छ दशमलव पाँच मिटर उचाइको पर्खाल बनाउन लागिएको वडाध्यक्ष मियाँले बताउनुभयो । यसले तालमा पानी लामो समयसम्म टिकाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरी तालको वरपर करिब सात सय मिटर लम्बाइको पैदल मार्ग निर्माणको कामसमेत सुरु गरिएको वडाध्यक्ष मियाँले बताउनुभयो ।

तालको वरपर प्रतीक्षालय निर्माण गर्नाका साथै दुई ठाउँमा ढुङ्गाका लागि स्टेसन निर्माण गरिने उहाँले बताउनुभयो । यी संरचना निर्माणले ताल क्षेत्रको आकर्षण थप बढ्ने वडाध्यक्ष मियाँले बताउनुभयो । उक्त ताल क्षेत्र र पार्क कूल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वरपर विभिन्न वनस्पति रोपिएका छन् । साथै गैँडा, बाघ, फोटो खिच्ने स्थानसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने अध्यक्ष मियाँले बताउनुभयो । “ताल क्षेत्र प्राकृतिक रुपमा आफैमा रमाइलो स्थानमा रहेको छ, थप पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

पूर्व पश्चिम राजमार्ग देखि करिब छ किलोमिटरको दूरीमा रहेको पोखरी ताललाई केन्द्रित गरि सहज पहुँचका लागि सडकको स्तरोन्नतिको कामसमेत सँगै बढाइएको छ । कावासोती–१ र ६ को सिमानामा पर्ने हरियाली चोकदेखि स्लाम चोक हुँदै कोइलापानीसम्म दुई दशमलव सात किलोमिटर सडक कालोपत्रको कामसमेत अघि बढाइएको वडाध्यक्ष मियाँले बताउनुभयो ।

नगरभित्र पर्यटन क्षेत्रको विकास, सडक, नालासहितका पूर्वाधारको विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्रको विकाससहित विभिन्न योजना सञ्चालन गर्ने गरी रु ५६ करोड बराबरका योजना सम्झौता भएर काम अघि बढेको नगर प्रमुख भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्र आफैँमा पालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले समेत

Facebook Comments Box

Share Icon