पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

Share Icon

२२ भदौ,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।

कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताउनुभयो । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ ।

त्यसकारण हालै नगरपालिकाले रु तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताउनुभयो । तालमा पानी टिकाउन समस्या भएसँगै पहिलो चरणमा अहिले तालको भित्री भागमा एक हजार तीन सय मिटर लम्बाइको वरपर ढुङ्गाको पर्खाल लगाउन सुरु गरिएको छ ।

तालको ढिकसँगै जोडेर छ दशमलव पाँच मिटर उचाइको पर्खाल बनाउन लागिएको वडाध्यक्ष मियाँले बताउनुभयो । यसले तालमा पानी लामो समयसम्म टिकाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । पोखरी तालको वरपर करिब सात सय मिटर लम्बाइको पैदल मार्ग निर्माणको कामसमेत सुरु गरिएको वडाध्यक्ष मियाँले बताउनुभयो ।

तालको वरपर प्रतीक्षालय निर्माण गर्नाका साथै दुई ठाउँमा ढुङ्गाका लागि स्टेसन निर्माण गरिने उहाँले बताउनुभयो । यी संरचना निर्माणले ताल क्षेत्रको आकर्षण थप बढ्ने वडाध्यक्ष मियाँले बताउनुभयो । उक्त ताल क्षेत्र र पार्क कूल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वरपर विभिन्न वनस्पति रोपिएका छन् । साथै गैँडा, बाघ, फोटो खिच्ने स्थानसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने अध्यक्ष मियाँले बताउनुभयो । “ताल क्षेत्र प्राकृतिक रुपमा आफैमा रमाइलो स्थानमा रहेको छ, थप पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

पूर्व पश्चिम राजमार्ग देखि करिब छ किलोमिटरको दूरीमा रहेको पोखरी ताललाई केन्द्रित गरि सहज पहुँचका लागि सडकको स्तरोन्नतिको कामसमेत सँगै बढाइएको छ । कावासोती–१ र ६ को सिमानामा पर्ने हरियाली चोकदेखि स्लाम चोक हुँदै कोइलापानीसम्म दुई दशमलव सात किलोमिटर सडक कालोपत्रको कामसमेत अघि बढाइएको वडाध्यक्ष मियाँले बताउनुभयो ।

नगरभित्र पर्यटन क्षेत्रको विकास, सडक, नालासहितका पूर्वाधारको विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्रको विकाससहित विभिन्न योजना सञ्चालन गर्ने गरी रु ५६ करोड बराबरका योजना सम्झौता भएर काम अघि बढेको नगर प्रमुख भुसालले बताउनुभयो । पोखरी ताल क्षेत्र आफैँमा पालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले समेत

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.