दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या
२२ भदौ, भोजपुर। भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ…
