विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष विरमान कामीले एक वर्षमा के-के काम गरे ?
२३ जेठ ,काठमाडौं । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामाको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् विरमान कामी । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष विरमान कामीले बताए । , वडा अध्यक्ष विरमान कामी नेपालमै अन्य वडाभन्दा…
