खेलकुद

स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दियो

स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दियो

८ फागुन,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो । स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान…
Read More
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

८ फागुन,रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ । स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५-२०, २५-१४ र २५-१५ अङ्कसहित जित्न सफल भएको हो । नवलपुर उपविजेता बनेको छ । लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल सङ्घ पाल्पाले तृतीय स्थान ओगट्न सफल भएको छ । जिल्ला भलिबल सङ्घ बाग्लुङलाई तीन-एक सेटले पराजित गर्दै पाल्पाले तृतीय उपाधि हात पारेको हो । तेस्रो स्थान छनोट खेलमा जिल्ला भलिबल सङ्घ…
Read More
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण महिला फुटबल आज

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण महिला फुटबल आज

३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको महिला फुटबल टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा मैत्रीपूर्ण खेलको रुपमा रहेको खेल खेल चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । २०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेल्दैछन् । दक्षिण एसियालमा भारत बलियो टोलीको रुपमा रहेको छ । तर पछिल्ला खेलहरुमा नेपालले भारतलाई हराएको छ । गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो । यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको…
Read More
नमिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

नमिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

२ फागुन, काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नामिबियाले पहिले ब्याटिङ गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्षस्थानमा छ भने ओमान ३६ खेलमा ४४ अङ्कसहित दोस्रो स्थानमा छ ।…
Read More
खेलाडी छन्, खेलमैदान छैन

खेलाडी छन्, खेलमैदान छैन

२९ माघ,ढोरपाटन । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला–ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । भए पनि साँघुरा छन् । उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति…
Read More
राजापुरमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राजापुरमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

१६ माघ, काठमाडाैं । बर्दियाको राजापुरमा नगरस्तरीय चौथौ अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । राजापुर नगरपालिकाको आयोजनामा सुरु भएको नगरस्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन साेमबार नगर प्रमुख दिपेश थारुले गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख थारुले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,' विद्यार्थीकाे चाैतर्फी विकासकाे लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने गरेकाे छ।' त्यस्तै कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले खेलकुदले विद्यार्थी जीवनमा थप ऊर्जा थप्ने काम गर्ने बताउनु भयाे । विद्यार्थीले शैक्षिक स्तरलाई…
Read More
क्यानका अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग

क्यानका अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग

१५ माघ, काठमाडौं । का ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् । राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् । उनीहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् । आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा…
Read More
माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

१२ माघ,काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उहाँको भनाइ छ । “प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी…
Read More
मेयर बालेन्द्र शाहद्वारा स्केटबोर्ड खेलाडी टोलीको बिदाई

मेयर बालेन्द्र शाहद्वारा स्केटबोर्ड खेलाडी टोलीको बिदाई

काठमाडाैं । आगामी जनवरी २९ देखि फेब्रुअरी १२ सम्म युएईको सारजाहामा आयोजना हुने विश्व स्केटबोर्ड च्याम्पियनशीप प्रतियोगितामा भाग लिन जाने खेलाडी टोलीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एक कार्यक्रमको बीच बिदाई गरेका छन् । बिदाई क्रममा मेयर बालेन्द्र शाहले साहसिक खेलका माध्यमबाट देशले पर्यटन क्षेत्रमा ठूलो योगदान रहने हुँदा यस्ता प्रकारका खेललाई पर्यटकीय खेलका रुपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको कुरा बताउनुभयो । यस प्रतियोगिता भाग लिने खेलाडीहरुले पाँचौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनशीपमा बिजेता तथा उपबिजेताहरु रहेका थिए । जसअन्तर्गत २ महिला र २ पुरुष खेलाडीहरु छन्, जसमाः पुरुषतर्फ गजेन्द्र बर्देवा र बसन्त राई रहेका छन् भने महिलातर्फ समीक्षा राई र पेम्बा…
Read More
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने थुनामुक्त

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने थुनामुक्त

२९ पाैष,काठमाडौँ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडाैँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर…
Read More
Page 11 of 13
1 … 9 10 11 12 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.