खेलकुद

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

२९ पाैष,काठमाडौँ । साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९ र २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै…
Read More
राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिसको जित

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिसको जित

२८ पाैष,काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसजितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामण्डले आफनो…
Read More
भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

२५ पाैष,काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५–१४ ले हरायो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–६ ले आफ्नो पक्षमा…
Read More
नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

२४ पाैष,काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो । लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले…
Read More
क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

१८ पाैष,काठमाडौँ । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच…
Read More
फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

३ पाैष, काठमाडौं । अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा…
Read More
विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

२९ मङ्सिर काठमाडौँ। विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका…
Read More
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मङ्सिर,काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ ।अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म…
Read More
म्याद थपका लागि सन्दीप लामिछानेलाई अदालत लगिँदै

म्याद थपका लागि सन्दीप लामिछानेलाई अदालत लगिँदै

काठमाडौं । सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
Read More
भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – राइली रोसोउको शतक र उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले १-२ ले गुमाएको छ । जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत १८.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । भारतका दीनेश कार्तिकले २१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । कप्तान रोहित शर्मा पहिलो ओभरको दोस्रो बलमै कागिसो रबाडाको बलमा शून्यमा बोल्ड भए । दोस्रो ओभरमा वेन पार्नेलले श्रेयस ऐरलाई एक रनमा एलबीडब्लू आउट गरे ।…
Read More
Page 12 of 13
1 … 10 11 12 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.