च्याम्पियन्स लिगमा बार्सिलोनाको हार
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह सी को तेस्रो खेलमा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले पराजित गरेको हो । इन्टरका लागि पहिलो हाफको इन्ज्युरी समयमा हाकान चाल्हानोग्लुले गरेको गोल नै निर्णायक सावित भयो । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन् । उनले झन्डै ५ वर्षपछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् । दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने अवसर पाएपनि अभागी सावित भयो । ओस्मान डेम्बेलेको शक्तिशाली प्रहार पोस्टमा लाग्यो । त्यस्तै पेड्रीले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन । खेलको…
