आइसीसी लिग–२ : नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
२८ फागुन,काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए । यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९…
