खेलकुद

क्रिकेट खेलाडीलाई सम्मान

क्रिकेट खेलाडीलाई सम्मान

७ चैत,गण्डकी । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु-१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ । यू-१९ विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रू पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्‍याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी लाई मञ्चले रू २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो । आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीन जना…
Read More
बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान

बुटवल उपमहानगरद्वारा क्रिकेट खेलाडी मल्लको सम्मान

६ चैत,रुपन्देही । बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ । बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र रु ५० हजारसहित सम्मान गर्नुभयो । कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताउनुभयो । उहाँले नगरमा खेलकुद क्षेत्रको विकासका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई…
Read More
क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

६ चैत,दमौली । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ । तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् । तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेल भन्नुहुन्छ, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण…
Read More
समिति गठन

समिति गठन

३ चैत,गण्डकी । गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव सङ्कलन गरी पेश गर्न समिति गठन गरेको छ । परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदी रहनुभएको छ । बैठकले प्रदेश खेलकुद सङ्घ गठन, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समीक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णयसमेत गरेको छ । बैठकमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चमान गुरुङले नवौँ…
Read More
प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा

३ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । “मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो– “विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस् । म तपाईँहरूको सुख,…
Read More
अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

३ चैत,ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कारस्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त गरेका…
Read More
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन

प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन

२ चैत,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि सो ट्वीटर ह्याण्डलमा अनाधिकृतरूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्वीट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ट्वीटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिनुभयो । यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने उहाँको भनाइ थियो ।
Read More
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी

अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी

२ चैत,टक्सार (भोजपुर) । यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुनेछ । जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बहिरी टिमले सहभागिता जनाउनेछन् भने भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर…
Read More
युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

२ चैत,काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो । युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले…
Read More
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

२ चैत,काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् । यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का…
Read More
Page 7 of 13
1 … 5 6 7 8 9 … 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.