खेलकुद

ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा

ललितपुर मेयर कप : एपीएफ क्लब अपराजित रहँदै फाइनलमा

१४ चैत,काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट…
Read More
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकसामु १११ रनको लक्ष्य

१४ चैत,काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्ससामु जितका लागि एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललितपुर मेयर्स अहिले जवाफी ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनायो । एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई-दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक-एक विकेट…
Read More
विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा

विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा

१४ चैत,मोरङ । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु ११ हजार प्रदान गरिएको छ । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राख्नुभयो । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको बताउनुभयो । गोल्डकपको आज हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम…
Read More
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

१३ चैत,काठमाडौँ । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा…
Read More
नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

१२ चैत,भरतपुर । नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन हुनुभएको छ । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन हुनुभएको छ । यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन हुनुभएको छ ।…
Read More
बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता

बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता

१० चैत,बैतडी । बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरुपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ । छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेशियामा हुने १६ वर्षमुनीको क्रिकेट प्रतियोगितालाई मध्यनजर…
Read More
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

१० चैत,सुन्दरहरैचा । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निणार्यक गोल गरेका थिए । दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । श्रेष्ठ सागर थापाको ठाउँमा मैदानमा प्रवेश गरेका थिए । पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेको थिएन । पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको…
Read More
सातौँ संकरणको विराट गोल्डकप आजदेखि

सातौँ संकरणको विराट गोल्डकप आजदेखि

९ चैत,सुन्दरहरैँचा । सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी गरी आठ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिनुभयो । गोल्डकपको विजेता टिमले रु २० लाख १५ हजार तथा उपविजेता टोलीले रु १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जाउलाखेल र घरेलु टिम…
Read More
क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

८ चैत,महेन्द्रनगर । कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदानस्तरीय बनाउने विषय भने प्राथमिकतामा परेको छैन् । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा आधुनिक क्रिकेट मैदान निर्माण थालनी गरिए पनि सो कार्य अहिले अलपत्र छ । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालिएको थियो…
Read More
‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

८ चैत,बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले रु एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए…
Read More
Page 6 of 13
1 … 4 5 6 7 8 … 13
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.