समाज

वीरमा ‘एक्स–रे फिल्म’ नहुँदा एक हप्तादेखि सिटीस्क्यान ठप्प

वीरमा ‘एक्स–रे फिल्म’ नहुँदा एक हप्तादेखि सिटीस्क्यान ठप्प

१ मंसिर, काठमाडौं । मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ । अस्पताल प्रशासनका अनुसार सप्लायर्सले ‘एक्स–रे फिल्म’ उपलब्ध नगराउँदा एक हप्तादेखि सिटीस्क्यान सेवा ठप्प भएको हो । सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ । तर, अस्पतालसँग ‘एक्स–रे फिल्म’ स्टकमा समेत छैन। सिटीस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी फर्कन बाध्य छन् । लगातार टाउको दुख्ने समस्याबाट ग्रसित भएकी सिन्धुपाल्चोककी रमिला थापा पनि सिटीस्क्यान सेवा नहुँदा फर्किन बाध्य भइन् । ‘चिकित्सकले सिटीस्क्यान गरेर हेरौं भन्नुभयो । तर, वीरमा एक हप्तादेखि नै सेवा रहेनछ’ उनले गुनासो गरिन्, ‘सरकारी अस्पतालमा मेसिन…
Read More
टिकटकको रिटमाटिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने सोमबार प्रारम्भिक सुनुवाइ हुने

टिकटकको रिटमाटिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने सोमबार प्रारम्भिक सुनुवाइ हुने

१ मंसिर, काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर(आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।
Read More
आकाश रानालाई पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

आकाश रानालाई पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

१ मंसिर, काठमाडौं । बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो । ‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको…
Read More
आस्थाको पर्व छठ

आस्थाको पर्व छठ

१ मङ्सिर,महेन्द्रनगर (धनुषा) । छठ पर्वको छुट्टै पौराणिक महत्व रहेको छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो । छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताउनुभयो । उहाँका अनुसार सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको पर्व हो । छठप्रतिको आस्थाका कारण मिथिलाञ्चलबाहेकका क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको उहाँको भनाइ थियो । जानकार रेवतीरमण लालका अनुसार प्राचीनकालमा भगवान् रामले रावणलाई बध गरेर लङ्कामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिमा…
Read More
डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

१ मङ्सिर,काठमाडौँ। डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक सुरूआत गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गर्नुभएको सो शिविरमा कूल चार सय २८ जनाको मुटुरोगसम्बन्धी (इसिजी, इको, ब्लड सुगर, लिपिडलगायतका) परीक्षण गरिएको थियो । त्यसमा इको दुई सय ४२ जना, इसिजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।…
Read More
म मेयर भए महल बनाउने नक्सा पास रोक्थें : उपसभामुख राना

म मेयर भए महल बनाउने नक्सा पास रोक्थें : उपसभामुख राना

१ मंसिर, काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् । विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’ उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने…
Read More
मानुङकोटमा पर्यटकको चहलपहल

मानुङकोटमा पर्यटकको चहलपहल

१ मङ्सिर,तनहुँ । पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित मानुङकोट सदरमुकाम दमौली बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको छ । जाडोयाममा कुहिरोले दमौली बजार ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ आउने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरु सूर्योदय हेर्नका लागि अघिल्ला दिनमै होटलमा बास बस्न आउन गरेको होटल व्यवसायी चूडामणि दाहालले जानकारी दिनुभयो । बास बस्न आउने पर्यटकले साँझको सूर्यास्तका साथै भोलिपल्ट बिहानको सूर्योदयको मनोरम दृश्य…
Read More
छठका लागि जनकपुरमा चार करोडको केरा आयात

छठका लागि जनकपुरमा चार करोडको केरा आयात

१ मङ्सिर,धनुषा । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो । “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको…
Read More
वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

१ मङ्सिर,इनरुवा (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ । मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा…
Read More
डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

अजयकुमार साह १ मङ्सिर,धनुषा। डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ । दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ । उनीहरू पुख्र्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै…
Read More
Page 56 of 452
1 … 54 55 56 57 58 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.