उपाधिको छिनोफानो हुने तीन मोड
३ मंसिर, अहमदावाद । भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आइतबार भिड्दै छन् । प्रतियोगिताकै दुई उत्कृष्ट टिम हुन्, उनीहरू । जहाँ भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ । यो दुई उत्कृष्ट टिमबीचको उत्तिकै अब्बल दर्जाको खेल हुने निश्चित छ । ठ्याक्कै भन्दा ‘ब्लकबस्टर’ खेल । यही खेलमा त्यस्ता तीन मोड पनि हुनेछन्, जसले सम्भावित विजेताको छिनोफानो हुनेछ । यी सम्भावित मोड हुन्– १. आक्रामक प्रस्तुति भारतीय कप्तान रोहित शर्माले आफ्नो टिमलाई खुबै आक्रमक बनाएका छन् र त्यसको सुरुआत आफैले गरिरहेका छन्, ओपनरका रूपमा । विराट कोहली र श्रेयस अय्यर…
