समाज

बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन

बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन

भूमिराज पिठातोली २४ कात्तिक, खप्तडछान्ना (बझाङ) । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो । पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उहाँहरु बस्न थाल्नुभयो । अर्कोपटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ) मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताउनुभयो । भूकम्प आएको एक सातापछि वडा…
Read More
आखिर पैसामा के छ ?

आखिर पैसामा के छ ?

अचानक एक ट्रक पैसा भेट्नुभयो भने के गर्नुहुन्छ ? संभवत एकक्षण मस्तिष्कले काम गर्ने छैन । यत्तिका पैसा के गर्ने ? कुनै मेलो पाउनुहुनेछैन । भावशून्य हुनुहुनेछ । जब तपाईं हतार–हतार सो पैसा उठाएर भएभरको झोलामा कोच्न थाल्नुहुन्छ, कसैले हठात तपाईंको कठालो समाउँछ । निद्रा भंग हुन्छ । ब्युँझनुहुन्छ । पैसा फेला परेकै बखत निद्राबाट उठ्नुपर्दा कस्तो हुन्छ ? तपाईंलाई खुसी लाग्नेछैन । विस्मत् हुनेछ । अनि आफैसँग भन्नुहुनेछ, ‘धत्, कस्तो ब्युँझिएछु ।’ तपाईंलाई के लाग्छ भने त्यस क्षण नब्युँझिएको भए पनि हुन्थ्यो । सपनामा सही, अथाह पैसा छाड्नुपर्दा कताकता दुःख लाग्नेछ । पैसा खासमा त केही होइन । कागज…
Read More
नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा

नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा

२४ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिए । अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने । वन अधिकृत…
Read More
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै

जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै

हेमन्त केसी २४ कात्तिक, जाजरकोट। विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार चर्किएको मात्र छ । यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनःनिर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम…
Read More
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो

२४ कात्तिक,वीरगञ्ज (पर्सा) । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो । महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताउनुभयो । संस्थानले…
Read More
मुगु सामूहिक हत्या प्रकरण : दुईजना पक्राउ

मुगु सामूहिक हत्या प्रकरण : दुईजना पक्राउ

२४ कात्तिक,मुगु। मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो । यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा…
Read More
कौशलटारमा फेला पर्‍यो चितुवा

कौशलटारमा फेला पर्‍यो चितुवा

२४ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा चितुवा फेला परेको छ । चितुवालाई नियन्त्रणमा लिन वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि छन् । एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । ‘डार्ट भइसकेको छ, एकछिनपछि बेहोस् भएपछि नियन्त्रणमा लिन्छौं,’ वन अधिकृत पराजुलीले अनलाइनखबरसँग भने । उनका अनुसार चितुवा बयस्क छ । चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको थियो ।
Read More
भूकम्पले खोसेको गोरख–शोभाको खुसी

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

शुरबहादुर सिंह २४ कात्तिक,कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो । घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा बस्दै आउनुभएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिनुभएको…
Read More
गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

२४ कात्तिक, वालिङ (स्याङ्जा) । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो । गत वर्ष बडादसैँको अवधिमा रु आठ लाख १६ हजार भेटी सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका…
Read More
संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ : नेता सिंह

२४कात्तिक,काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उहाँले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताउनुभयो । “गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो”, उहाँले भन्नुभयो, “कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।” नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको…
Read More
Page 58 of 452
1 … 56 57 58 59 60 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.