समाज

नेपाललाई आइटी हब बनाउनुपर्छ’

नेपाललाई आइटी हब बनाउनुपर्छ’

११ पाैष,काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्रीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई ‘आइटी हब’का रूपमा विकास गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो । विसं २०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कार्की हिजो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज पदमुक्त हुनुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका उहाँ हालसम्म जलस्रोतलगायत मन्त्रालयको जिम्मेवारीका साथ चारपटक मन्त्री बन्नुभएको छ । उहाँ गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा…
Read More
रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

११ पाैष,झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएका कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्रजस्ता क्यान्सर सङ्क्रमित अत्तालिनु अस्वाभाविक होइन । स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधिको विभिन्न चरण पार गर्दा बिरामीले उपचारका लागि घरखेत नै बेच्नुपर्ने बाध्यता आउने गरेको छ । रोगले थलिएको कठिन अवस्थामा दर्जीको उपचार खर्च झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले व्यहोरिदिएको छ । क्यान्सर उपचारको अधिकांश खर्च सहारा नेपालले व्यहोरेपछि दर्जी चिन्तामुक्त…
Read More
भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

काठमाडाैं । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो । कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले बताउनुभयो । बाँकी खण्डमा भने जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन । “कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै पनि छ”, उहाँले भन्नुभयो, “सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन छ ।” भारतको बथनाहदेखि नेपालको कटहरीसम्म कुल १८ दशमलव छ किलोमिटर छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव…
Read More
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

११ पाैष,काठमाडौँ । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट ३८ जना भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल…
Read More
राजधानीका तीनै जिल्लामा हरियाली सहितको अपाङ्गमैत्री पैदलमार्ग

राजधानीका तीनै जिल्लामा हरियाली सहितको अपाङ्गमैत्री पैदलमार्ग

११ पाैष,काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले राससलाई जानकारी दिनुभयो । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपाङ्गमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उहाँको भनाइ थियो । यसैगरी काठमाडौँको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपाङ्गमैत्री पैदलमार्ग निर्माण गरिने छ । तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ ।…
Read More
पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

११ पाैष,दमौली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पाैष २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो । परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताउनुभयो । उहाँका अनुसार महोत्सवको आवश्यक तयारी सुरु भइसकेको छ । पैसठ्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो । विसं २०६५ मा पहिलो…
Read More
प्रसारण लाइनको निर्माण तीव्र

प्रसारण लाइनको निर्माण तीव्र

११ पाैष,रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ । उहाँले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको आइतबार स्थलगत निरीक्षण एवं जानकारी लिँदै सो निर्देशन दिनुभएको हो । रसुवागढी र साङ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ । ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे,…
Read More
प्रविधिको विकाससँगै लोप हुँदै पानीघट्ट

प्रविधिको विकाससँगै लोप हुँदै पानीघट्ट

११ पाैष,भोजपुर । गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ढुङ्गाको जातोको साहराले मकै, गहँु, कोदो, फापर लगाएतका अन्नबालीलाई पिस्ने गरिन्छ । यसबाट स्थानीयले सहज र सरलरुपमा अन्नबाली पिस्दै आएका थिए । दशकअघिसम्म स्थानीयले एउटा गाउँमा एक पानीघट्ट लगाउने चलन रहे पनि पछिल्लो समयमा यो चलन हराएको टेम्केमैयुङ गाउँपालिकाका ९५ वर्षीय वृद्ध तिलकबहादुर विष्टले बताउनुभयो । “विगतमा हामी गाउँ–गाउँमा पानीघट्ट लगाथ्याँै”, उहाँले भन्नुभयो, “तर अहिले पानीघट्ट पाउन नै मुस्किल छ । टोलभरिका मानिस कुटानीपिसानी…
Read More
बाली फेर्दै किसान

बाली फेर्दै किसान

११ पाैष,महोत्तरी ।  बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएकोे बिर्सनु भएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरेपनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको उहाँ बताउनुहुन्छ । “जुन गाउँबस्तीमा हे¥यो, बारनैबारन ! फाँटभरि सुर्तीका लहलहाउँदा बोट । अनि हिउँद लाग्यो की सुर्तीका पात टिप्ने, पात फट्टा (भाटा) गाँथ्ने, सुर्तीको पात गाँथिएको फट्टा बारनघरमा झुण्ड्याउने र सात दिनपछि फट्टा निकाल्ने चटारो हुन्थ्योे”, लयमा हुने सुर्ती खेतीका काम सम्झँदै आले भन्नुहुन्छ, “देख्दादेख्दै जिल्लाको उत्तरी क्षेत्रका बस्तीपिच्छे देखिने बारनघर ढले, अब त सुर्ती…
Read More
बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

१० पाैष,खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् । बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया…
Read More
Page 446 of 452
1 … 444 445 446 447 448 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.