आत्मनिर्भर बन्दै अपाङ्गता भएका महिला
१२ पाैष,चौतारा ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-५ छेकाथोकका अपाङ्गता भएका सुकमाया घले यतिबेला आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ । नगरपालिकाको सहयोग तथा चौतारा अपाङ्गता समन्वय समितिको आयोजनामा पाँच दिने सिन्केधूप तथा साबुन बनाउने तालिम लिएपछि आफूमा केही गर्न सक्छु भन्ने भावना पैदा भएको उहाँले बताउनुभयो । तालिमपछि घरमै धूप बनाएर बिक्रीबाट हुने आम्दानीले आफ्नो खर्च जुटाउन सकेको उहाँले बताउनुभयो । नगरपालिकाले २० जना अपाङ्गता भएका व्यक्तिलाई उक्त तालिम दिएको थियो । “तालिमपछि सुरुवात गरेको कामबाट आर्थिक रुपमा आत्मनिर्भर बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । यसरी बनाएको धुप उहाँले प्रतिमुठा रु ६ का दरले र साबुन प्रतिकेजी रु ७० सम्ममा बिक्रीका दरले बिक्री गरिरहेको…
