कांग्रेस नेता बाँस्तोलाको निधनप्रति दुःख व्यक्त
१३ पाैष,गण्डकी । नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्वकार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति किशोरदत्त बरालले आज शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको आज बिहान ६४ वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । पोखरा महानगरपालिका–९ निवासी उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर पार्टीको सङ्गठनमा क्रियाशील रही पार्टीका वडातहदेखि जिल्ला तहसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हाल्नु भएको बताइएको छ । पोखरा उपत्यका नगर विकास समितिको पूर्वअध्यक्ष र तत्कालीन पोखरा उपमहानगर पालिका– ९ को वडाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका बाँस्तोला पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष, महेन्द्र मावी र नवप्रभात मावि व्यवस्थापन समितिको पूर्वअध्यक्ष…
