समाज

खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङमा विद्युतीकरणको काम तीव्र

१७ पाैष,खोटाङ । दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो । ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत सर्भे सुरु गरिएको छ । सात वडा रहेको ऐसेलुखर्क गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत् विस्तार गर्ने योजनासहित ठेकेदार कम्पनी सिग्माकोनले सर्भेको काम सुरु गरेको हो । ऐसेलुखर्क –१ राखाबाङ्देल, वडा नं २ बाकाचोल र वडा नं ३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई–दुई जना…
Read More
‘नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो’

‘नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो’

१७ पाैष,काठमाडौँ, । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालउत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो । उहाँले नयाँ…
Read More
स्वास्थ्य मन्त्री बन्ने तयारीमा रहेकी डा. ताेसिमा कार्कीलाई कसले राेक्न खाेज्दै छ ?

स्वास्थ्य मन्त्री बन्ने तयारीमा रहेकी डा. ताेसिमा कार्कीलाई कसले राेक्न खाेज्दै छ ?

१६ पाैष, काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञताका आधारमा ‘जान्नेलाई छान्ने’ मुख्य नीति अपनाएको छ। तर, सोही पार्टीका महामन्त्री मुकुल ढकालले भने ‘रविपथ’को आडमा आफ्नो गुरुमालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कसरतमा लागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको सात महिना नबित्दै प्रवक्तासमेत रहेका ढकालले अनेकौँ प्रश्नको सामना गर्दैआएका छन्। उनी पार्टीभित्र सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै विवादसमेत बनेका छन्। ललितपुर– ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीलाई कुनातिर थन्काएर समानुपातिक सांसद डा. चन्दा कार्कीलाई मन्त्री बनाउने दौडधुपमा लागेको महामन्त्री ढकालमाथि आरोप छ। पार्टीलाई बदनाम र सभापति लामिछानेलाई विवाद ल्याउन महामन्त्री ढकालको ठूलो…
Read More
‘मलाई नेपाली जनताले स्वास्थ्य मन्त्रीको रूपमा देख्‍न चाहेका छन्’

‘मलाई नेपाली जनताले स्वास्थ्य मन्त्रीको रूपमा देख्‍न चाहेका छन्’

दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । दुई महिनाअघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्य बनेकी छन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राख्छिन् । उनले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा…
Read More
डा. ताेसिमा कार्कीकाे स्वास्थ्यमन्त्री बन्ने सम्भावना उच्च

डा. ताेसिमा कार्कीकाे स्वास्थ्यमन्त्री बन्ने सम्भावना उच्च

१४ पाेष, काठमाडाैं । नयाँ सत्ता गठबन्धनमा सहभागी दलहरुले मन्त्रालय बाँडफाँडकाे प्रारम्भिक खाका तयार गरेका छन्। नयाँ सत्ता गठबन्धनमा सात वटा दल सहभागी रहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको एमाले नेतृत्वको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पाटीले पाउने मन्त्रालय लगभग निश्चित भएकाे छ । राष्ट्रिय स्वतन्त्र पाटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दावी गरेसँगै भारी मतले विजयी भएकी डा. तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने सम्भावना प्रबल बनेपछि ललितपुर ३ बाट भारी मतका साथ प्रत्यक्ष निर्वाचित डा. कार्कीकाे स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेकाे हाे । डा. कार्कीले आफू…
Read More
कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

१४ पाैष, कैलाली । कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो ।
Read More
सन्दीपको निवेदन हेर्न नभ्याइने सूचीमा

सन्दीपको निवेदन हेर्न नभ्याइने सूचीमा

काठमाडौं । सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन नसकेकाे हाे । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा सूचीमा परेकाे हाे । बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने केही साताअघि आदेश दिएकाे थियाे ।
Read More
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ । पेशाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी…
Read More
चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर

१४ पौष, खजुरा। तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताउभयो । आगो…
Read More
इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

१४ पाैष, इलाम। पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो । इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गर्नुभयो । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हँुदै आएको थियो । उपचारका लागि इलाम बाहिर रेफर गर्नुपर्ने अवस्था थियो । पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधिमार्फत उपचार गरिने सङ्घका प्राविधिक लाक्पा लामाले जानकारी दिनुभयो । मेसिन प्राप्त…
Read More
Page 441 of 452
1 … 439 440 441 442 443 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.