Share Icon

१४ पाेष, काठमाडाैं । नयाँ सत्ता गठबन्धनमा सहभागी दलहरुले मन्त्रालय बाँडफाँडकाे प्रारम्भिक खाका तयार गरेका छन्। नयाँ सत्ता गठबन्धनमा सात वटा दल सहभागी रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको एमाले नेतृत्वको गठबन्धन सरकारमा राष्ट्रिय स्वतन्त्र पाटीले पाउने मन्त्रालय लगभग निश्चित भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पाटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दावी गरेसँगै भारी मतले विजयी भएकी डा. तोषिमा कार्की स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने सम्भावना प्रबल बनेपछि ललितपुर ३ बाट भारी मतका साथ प्रत्यक्ष निर्वाचित डा. कार्कीकाे स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेकाे हाे ।

डा. कार्कीले आफू युवा र प्रत्यक्ष चुनाव जितेकाले मन्त्री हुनुपर्ने बलियो आधारसहित सभापति रवि लामिछानेसँग प्रस्ताव राख्नुभएकाे छ ।

डा. कार्कीले स्वास्थ्य प्रणालीमा सुधारलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएकी थिइन् । साेही एजेण्डालाई कार्यान्वयन गर्न मन्त्री बन्ने इच्छा राख्नुभएकाे हाे ।

उहाँले अहिले म सामाजिक सञ्जालमार्फत जनताको गुनासो सुनिरहेको बताउनु भयाे । फेसबुक, ट्वीटर, ह्वाटसअप र इमेललगायतका समाजिक सञ्जालमार्फत मैले जनताका गुनासो लिइरहेको उहाँले बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’ती गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले अध्ययन गरिरहेको छु । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, बाटोको अवस्था कस्तो छ भनेर हेरिरहेको छु।’

उहाँले प्रदेशसभा र दुई जना नगरप्रमुखसँग पनि विकास निर्माणबारे छलफल भइरहेकाे बताउनु भयाे । त्यस्तै उहाँले स्वास्थ्य क्षेत्रमा भइरहेकाे भ्रष्टाचार जरैदेखि उखाल्ने याेजना भएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’म मेडिकल विद्यार्थीदेखि नै भ्रष्टाचार, पैसाको चलखेल, मेडिकल शिक्षा या समग्र शिक्षा क्षेत्रमा देखिएको लुटतन्त्र, मेडिकल शिक्षामा भर्नामा देखिएको विकृति, मेरिट भर्नाको सङ्ख्या मिचेर अरुलाई भर्ना गर्नेजस्ता कुरा थाहा पाएको थिएँ । त्यसका विरुद्ध म त्यतिबेलादेखि नै आफूलाई अलिअलि राजनीतिमा सक्रिय गराएको थिएँ।’

उहाँले स्वास्थ्य क्षेत्रका विकृति हटाउने विशेष याेजना बनाएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,’स्वास्थ्य बीमा कसरी प्रभावकारी बनाउने भन्ने मैले खाका बनाइरहेको छु । अस्पताल सञ्चालन निर्देशिका हेरिरहेको छु । मापदण्डअनुसार हुनुपर्ने अस्पतालका पूर्वाधार रहेका छैनन् । दरबन्दी छैन । त्यसमा के गर्न सकिन्छ भन्ने अगाडि बढाएका छाैँ।’

त्यसैगरी उहाँले सरकारी स्वास्थ्य संस्थाको स्वास्थ्य गुणस्तर बनाउने याेजना बनाएकाे पनि बताउनु भयाे । उहाँले भन्नुभयाे,’निःशुल्क पाउने औषधि उपलब्ध गराउने, प्रदेशमा रहेका मेडिकल कलेजमा चिकित्सा शिक्षा सुरु गराउने र डा गोविन्द केसीसँग पनि निरन्तर स्वास्थ्यका सुधारका मुद्दाका बारेमा छलफल गरिरहेका छौँ । उहाँका मुद्दा सम्झौता गर्ने र कार्यन्वयन नगर्ने गरिएको छ । हामीले उहाँसाग गरिएका सम्झौता कार्यन्वयन गराउन पहल गर्दछौँ।’

उहाँले मन्त्री भएपछि मेरो पहिलो काम कोभिड महामारीको जोमिखलाई नियन्त्रण गर्ने विशेष याेजना रहने बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’चौथो लहर आउन नदिने र महामारी हुन नदिने तथा भए पनि रोकथाम गर्ने भूमिका रहन्छ । त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गर्नुपर्दछ । सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउने । मास्क नलगाउने मानिसलाई अनिवार्य जरिवाना गर्नुपर्दछ । स्यानिटाइरस्थलमा सरकारले नै व्यवस्था गरिदिन्छौँ । मास्क र स्यानिटाइजरको हाहाकार हुन दिनेछैनौँ । अहिलेदेखि नै उत्पादक कम्पनीलाई मास्क र स्यानिटाइजर उत्पादन गर्न भन्छौँ । हिजो भएका अक्सिजन प्लान्ट कहाँ छ, तिनलाई सञ्चालन गर्नुपर्दछ । भेन्टिलेटर थन्किएका छन्, तिनलाई सञ्चालन गर्नुपर्दछ ।’

उहाँ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनदेखि चर्चामा आउनु भएकाे हाे । उहाँले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पनि पपुलर मत ल्याएर चुनाव जित्नुभएकाे थियाे।

४ मंसिरमा भएको प्रतिनधीसभामा डा. कार्कीले हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री तथा माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुसाललाई पराजित गरेर ललितपुर ३ नं. क्षेत्रबाट विजयी हुनुभएकाे थियाे ।

हेविवेट उम्मेदवारलाई पराजित गरेका कारण पनि सभापति लामिछानेलाई डा. कार्कीलाई मन्त्री बनाउनै पर्ने दबाब छ । रवि स्वयंमले युवाका पक्षमा बलियो मत प्रकट गर्दै आएकाले पनि डा. कार्कीको स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेको हो ।

Facebook Comments Box

Share Icon