समाज

पर्यटकको आकर्षणको केन्द्र महावै पाटन

पर्यटकको आकर्षणको केन्द्र महावै पाटन

९ पाैष, मान्म । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् । कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ…
Read More
चिस्यान केन्द्र १० वर्षदेखि अलपत्

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्

९ पाैष , पाल्पा ा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको थियो । विसं २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३…
Read More
वडा वडामा पुगेर सेवा दिदै ‘व्यास नगरपालिका’

वडा वडामा पुगेर सेवा दिदै ‘व्यास नगरपालिका’

९ पाैष, तनहुँ । व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड बितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक बिषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सरा ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ । कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा…
Read More
तपाईकाे आजकाे राशिफल

तपाईकाे आजकाे राशिफल

९ पाैष, काठमाडौं ।  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । तुला…
Read More
वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो

८ पाैष, काठमाडाैं । मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ । मोरङमा वन क्षेत्र सुदृढ हुँदा जैविक विविधतामा सुधार आएको भए पनि डढेलोले वन व्यवस्थापनमा बाधा पु¥याउने गरेको छ । डढेलोलाई वन विनासको मुख्य कारण मानिन्छ । दाउरा निकाल्न सजिलो हुने भनेर वनमा आगो लगाउने गरेको पाइएको छ । विराटनगर–३ स्थित डिभिजन वन कार्यालयका अनुसार मोरङमा बर्सेनि…
Read More
उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

८ पाैष, काठमाडाैं ।  कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिनुभयो । “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ ।…
Read More
सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

८ पाैष, काठमाडाैं ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताउनुभयो । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उहाँको भनाइ छ । औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताउनुभयो । दीर्घरोगी आफँैले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् । औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा…
Read More
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

७ पाैष, पोखरा।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिनुभयो । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ”, उहाँले भन्नुभयो । विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।…
Read More
भरतपुरमा आजदेखि हर्न निषेध

भरतपुरमा आजदेखि हर्न निषेध

भरतपुर, ७ पुस । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने…
Read More
त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

७ पौष, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिनुभयो । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उहाँले भन्नुभयो । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताउनुभयो ।
Read More
Page 448 of 452
1 … 446 447 448 449 450 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.