समाज

आजको मौसम  हल्का हिमपातको सम्भावना

आजको मौसम हल्का हिमपातको सम्भावना

२८ पाैष,काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना…
Read More
युग वृद्ध नेपालले भन्यो: सरकारको कदम स्वातग योग्य

युग वृद्ध नेपालले भन्यो: सरकारको कदम स्वातग योग्य

२८पाैष, काठमाडाैं ।  निःशुल्क सेनिटरी प्याड अभियान सञ्चालन गरिरहेको युग वृद्ध नेपालले सरकारको कदमको स्वागत गरेको छ । सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय रुपैयाँ दिने सरकारको कदम स्वागत योग्य रहेको वृद्ध नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, सरकारले न्यूनतम साझा निती तथा कार्यक्रम अन्तर्गत महिनावारी हुने महिलाहरुलाई वार्षिक एक हजार पाँच सय प्रदान गर्नै र “निःशुल्क सैनिटरी प्याड अभियानलाई कार्यन्वयन गर्न सहयोग गरेकोमा नेपाल सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। अध्यक्ष शर्माले कण्डम जस्तै सैनिटरी प्याड पनि सरकारसँग बाड्नु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, जनताबाट पनि हामीहरुलाई समर्थन छ। हामी…
Read More
हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

२८ पाैष,चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।” अहिले गोविन्दे मात…
Read More
गढवामा सीपी नेपालद्वारा ८ जना उद्यमी महिलासहित ४३ जनालाई नि:शुल्क साइकल वितरण

गढवामा सीपी नेपालद्वारा ८ जना उद्यमी महिलासहित ४३ जनालाई नि:शुल्क साइकल वितरण

आलोक भावुक २६ पौष, गढवा । क्रियटिङ पोसिबिलिटिज नेपाल संस्थाले ८ जना उद्यमी महिलासहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो । गढवा गाउँपालिका वडा - ५का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा नि:शुल्क साइकल वितरण कार्यक्रममा सम्पन्न भएको हो। नि:शुल्क साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले क्रियटिङ पोसिबिलिटिज नेपालले गरेको कामहरु सरहनिय भएको बताउनुभयो। सीपी नेपालको कार्य गर्ने शैली तरिका एकदम फरक राम्राे रहेकाे भन्दै उहाँले बताउनु भयाे । विपद् लगायतको काम सब भन्दा…
Read More
घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

२७ पाैष,सुरुङ्गा (झापा) । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् । गए राति घरायसी विवादमा विश्वराजले श्रीमती प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो । भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत दुई वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको…
Read More
तीन सयले घट्यो सुनको मूल्यः चाँदीको स्थिर

तीन सयले घट्यो सुनको मूल्यः चाँदीको स्थिर

२७ पाैष,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा पुगेको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले…
Read More
‘प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्ः हामी मत दिन्छौँ’

‘प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्ः हामी मत दिन्छौँ’

२६ पाैष,काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललमा उहाँले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले विकासका पूर्वाधारलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनभयो । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनमत पार्टीका सांसद अनिता देवीले नागरिकता, मललगायत शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या समाधान गर्ने सरकारको नीतिगत प्राथमिकतालाई स्वागत गर्दै आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको…
Read More
बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

२६ पाैष,मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिनुभयो । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदललाई…
Read More
बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

बागमती प्रदेश सरकार प्रवक्तामा थपलिया

२६ पाैष,मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिनुभयो । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदललाई…
Read More
पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनी

 २६ पाैष,काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० सम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रदर्शनीले पुस्तक पढ्ने बानीको विकास गर्न सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा शब्दकोश, ग्रन्थकोश, अनुसन्धनात्मक पुस्तक, धार्मिक, सामाजिक, ऐतिहासिक, दर्शन, बालसाहित्य, समालोचना लगायतका विभिन्न पुस्तकहरु राखिएका छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १० देखि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनी नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान,…
Read More
Page 429 of 452
1 … 427 428 429 430 431 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.