समाज

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२९ पाैष,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भरतपुर…
Read More
‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

२९ पाैष,काठमाडौँ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिनुभयो । “प्रेमकथालाई दर्शकले रूचाउनुभयो । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उहाँले भन्नुभयो । सवीर श्रेष्ठको कार्यकारी निर्माण…
Read More
सन्दीप लामिछानेमाथि शर्तैशर्त : विदेश जान रोकदेखि मोबाइल ट्र्याक गर्नेसम्म (पूर्णपाठ)

सन्दीप लामिछानेमाथि शर्तैशर्त : विदेश जान रोकदेखि मोबाइल ट्र्याक गर्नेसम्म (पूर्णपाठ)

काठमाडौँ । उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका सन्दीप लामिछानेले काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ। बिहीबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीसहित उच्चले सर्तसहित रिहा गर्न आदेश दिएको हो। कारागारमुक्त हुन उनले नगदै धरौटी बुझाउनुपर्ने भएपछि भोलि मात्रै रिहा हुने भएका छन्। क्रिकेट खेल्न भने उनलाई प्रतिबन्ध गरिएको छैन। कुनै काम विशेषका कारणले काठमाडौं उपत्यका छाड्नु पर्दा छोड्नु अघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोको लिखित जानकारी दिनु पर्ने आदेशमा उल्लेख छ। जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यका बाहिर रहने स्थान समेत खुलाउनु पर्ने आदेशमा भनिएको छ।
Read More
थारू समुदायमा माघीको तयारी

थारू समुदायमा माघीको तयारी

२८ पाैष,कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ । सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल पेल्ने काममा उहाँ लाग्नुभएको छ । “माघी पर्वमा पाहुनालाई सत्कार गर्न आवश्यक सामग्रीको जोहो गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “महिला सालका पात टिप्ने र दुना टपरी बनाउने, दाउरा ल्याउने, माछा मार्ने काममा लागेका छनु ।” गुलियो जाँड बनाउने, घरमै मदिरा बनाउने, माघीमा पाहुनालाई पस्किने परिकार ढिक्री बनाउनका लागि चाहिने वस्तुको जोहोमा महिला बेफुर्सदिला भएको उहाँले बताउनुभयो । पुसको अन्तिम दिनदेखि माघी पर्व सुुरु भइसक्ने भएकाले त्यसअघि नै…
Read More
चिसोले घटे पर्यटक

चिसोले घटे पर्यटक

२८ पाैष,रसुवा । हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो । रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित होइने स्थानीयवासीले जनाए । अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताउनुभयो । हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड,…
Read More
शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

शिक्षक हत्या प्रकरणः आरोपित दम्पती कारागार चलान

२८ पाैष,बैतडी । बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् । दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि…
Read More
‘निर्मलाले न्याय पाउने आशा जाग्यो’

‘निर्मलाले न्याय पाउने आशा जाग्यो’

२७ पाैष,बेदकोट । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका लागि सिंह नेतृत्वको टोली कञ्चनपुर पठाइएको छ । पछिल्लो समय सेलाउँदै गएको निर्मला प्रकरण फेरि चर्चामा आएको छ । विसं २०७५ साउन १० मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । यस्तो जघन्य अपराध भएको चार वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुनसकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर…
Read More
शीतलहरबाट जनजीवन प्रभावित

शीतलहरबाट जनजीवन प्रभावित

२८ पाैष,जलेश्वर । दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन् । चिसोकै कारण जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । यातयातका साधन न्यून रुपमा चल्न थालेका छन् । बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको ब्यापारीले…
Read More
वन क्षेत्रको सिमसार संरक्षणमा जोड

वन क्षेत्रको सिमसार संरक्षणमा जोड

२८ पाैष,नवलपुर । वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्र्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने हुनाले सिमसारको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । “पर्यावरण स्वच्छ राख्नका लागि जैविक विविधताको महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हाम्रो वरपर रहेका सिमसार तथा प्राकृतिक तालतलैयाको संरक्षण गर्नुपर्छ ।” उहाँले नारायणी नदी सफाइ अभियानमा नगरपालिकासँगै विभिन्न सङ्घसंस्थाको सहयोग रहेको उल्लेख गर्दै संरक्षणको क्षेत्रमा स्थानीय…
Read More
टेलिकमको ‘विन्टर अफर’

टेलिकमको ‘विन्टर अफर’

२८ पाैष,काठमाडौँ । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । यस अफरअन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक…
Read More
Page 428 of 452
1 … 426 427 428 429 430 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.