समाज

गलकोटमा बसपार्क नहुँदा समस्या

गलकोटमा बसपार्क नहुँदा समस्या

२६ पाैष,ढोरपाटन । बागलुङको पुरानो सदरमुकाम हो, गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारसँगै सवारी साधनको चाप पनि उत्तिकै छ । दैनिक हजारौँ मानिस आवतजावत हुन थालेपछि गलकोटमा बसपार्कको अभाव खड्केको हो । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप बढ्दै जाँदा बसपार्कका आवश्यकता महसुस भएको छ । भौगोलिक हिसाबले पछाडि परे पनि गलकोटमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग परेपछि विकासका ढोका खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा विकास भएपछि यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने देखिएको छ । दैनिकजसो सयौँ साना तथा ठूला सवारीसाधान व्यवस्थापन गर्न निकै…
Read More
सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

२६ पाैष,चितवन । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको उहाँले बताउनुभयो । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी,…
Read More
घट्यो सुन चाँदीको मूल्य

घट्यो सुन चाँदीको मूल्य

२६ पाैष,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार चार सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २५ ले घटेर प्रतितोला रू एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।…
Read More
राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने

राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने

 २६ पाैष, काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर बाइसे चौबिसे राज्यमा छरिएका भूभागलाई एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले अधिकांश नेपालीले जन्मजयन्तीमा बिदाको माग गर्दै आएका थिए । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरेको हो । दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनाका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२-६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेको थियो । साहित्यकार…
Read More
फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

काठमाडाैं । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् । सर्तअनुसारको काम नपाएको र सेवासुविधासमेत नदिएको गुनासो गर्दै मलेसिया पुगेपछि श्रम विभागमा बुझ्दा ठगिएको जानकारी पाएको उनले जानकारी दिए । देवानगञ्जमा रहेका अभिभावकले अहिले कारबाहीको माग गर्दै…
Read More
‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने गहतरा कारागार चलन

दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएको समेत भएको जनाइएको छ । हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ती मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ बर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ ।…
Read More
सन्दीप प्रकरण : अस्पतालले पठायो पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण

सन्दीप प्रकरण : अस्पतालले पठायो पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण

काठमाडाैं । सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ। वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो। सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ असार १८ कि २०६२ भन्ने विवाद अदालतसम्म पुगेको छ। यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए। पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो। अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ। किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी भएको भएपनि जबरजस्ती करणी मानिने…
Read More
बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल

२५ पाैष,हेटौँडा । बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए । हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र…
Read More
खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै

खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै

२५ पाैष,काठमाडौँ । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उहाँका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन । उहाँले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरु खोपबाट बञ्चित भएको…
Read More
खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

२५ पुस, काठमाडौं ।  नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।
Read More
Page 430 of 452
1 … 428 429 430 431 432 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.