समाज

अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

अवैध रूपमा नदी उत्खनन गर्ने चिनियाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको टिपर र…
Read More
भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारकाे सहयाेगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएकाे छ । ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको आज गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेपाली रूपैयाँ ३ कराेड ३९ लाख २० हजार आर्थिक सहयोगमा उक्त परियोजनाको निर्माण गरिनेछ । कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे…
Read More
चिनियाँ प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न सरकारको ध्यानाकर्षण

चिनियाँ प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनको तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै पक्राउ गरेका युवाको अवस्था बुझ्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘गोरखाको चुमनुब्री गाउँपालिका ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिना पहिला तिब्बतबाट फोन आयो । र, तिब्बतीयनहरूलाई फोन गराइएको रहेछ चीन प्रशासनले उहाँहरूलाई तिब्बततिर आउन भनियो र राप्के लामा र कर्मा छेदेन लामा जानुभयो । र, पक्राउ गरे । यो हाम्रो सरकारलाई जानकारी छैन । उहाँहरूको अवस्था…
Read More
नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

नारायणगढ-बुटवल सडकखण्ड: रकम छैन भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम

काठमाडौं । नारायणगढ- बुटवल सडक निर्माण गरिरहेको निर्माण कम्पनीसँग फिल्डमा खर्च गर्ने रकम नहुँदा कालोपत्र गर्ने काम ठप्प भएको छ। सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग फण्ड सर्टेज भएपछि कालोपत्र गर्ने काम अलपत्र परेको हो। यसै आर्थिक वर्षको सुरुवातमा पनि निर्माण कम्पनीसँग फण्ड सर्टेज भएर ६ महिना जस्तो साइटमा काम भएको थिएन। पछि सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीको मुख्यालयबाट ४ मिलियन डलर पैसा पाएको थियो। त्यही अनुसार निर्माण कम्पनीले काम गर्दै आइरहेको थियो। तर, फेरि निर्माण कम्पनीलाई रकम अभाव भएको छ। एसियाली विकास बैंक(एडीबी) सडक निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार अहिले बेस हालेर तयार पारिएको…
Read More
भारतद्वारा नेपालको नवलपरासी (पूर्व) मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारतद्वारा नेपालको नवलपरासी (पूर्व) मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

नवलपरासी पूर्व । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २करोड ७५लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन भयो। सो विद्यालय भवनको उद्घाटन प्रतिनिधिसभाका सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रुपमा गर्नुभएको हो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य…
Read More
योग दिवसको अवसरमा भारतीय राजदूतावासको ‘कर्टेन रेजर’ कार्यक्रम

योग दिवसको अवसरमा भारतीय राजदूतावासको ‘कर्टेन रेजर’ कार्यक्रम

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को उपलक्ष्यमा भारतीय राजदूतावास काठमाडौंले ‘कर्टेन रेजर’ कार्यक्रम आयोजना गरेको छ । भारतीय राजदूतावास काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा योगा गर्दै सो कार्यक्रम गरेको हो । यस वर्षको योग दिवसको नारा ‘महिला सशक्तीकरणका लागि योग’ रहेको छ । दूतावासले माइती नेपालका महिला तथा किशोरीका लागि योगबाट हुने स्वास्थ्य लाभका बारेमा जानकारी गराउँदै सो कार्यक्रम गरेको थियो । जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवसको १० औँ वर्षगाँठ मनाइँदैछ ।
Read More
भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवनको उद्घाटन भएको छ । बुधबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र राजदूतावासका…
Read More
स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौं बस्ने वर्ष ३२ का झाङ युआन, वर्ष ५० का निङ हाओरान,, वर्ष २४ का क्युओ हवरन, वर्ष ३६ का दिनु लयु रहेका छन् । बुधवार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा ७० प. २८७२ नम्बरको ट्याक्सी चेकजाँचको क्रममा स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँ नगद भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप कारवाहिका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाईएको प्रहरीले जनाएको छ…
Read More
चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ताबारे संसदमा उठ्यो प्रश्न

चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ताबारे संसदमा उठ्यो प्रश्न

काठमाडाैं । चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा उल्लेख भएकोबारे नेपाली कांग्रेसले प्रश्न उठाएको छ । कांग्रेसका महामन्त्री गगन थापाले आज संसद्मा बोल्दै मापदण्ड फेल भएका चिनियाँ गाडी दर्ताका लागि किन आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा व्यवस्था गरियो भनेर अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका हुन् । ‘यो चिनियाँ गाडीको कुरा आर्थिक विधेयकमा किन छिराउनुभयो ? त्यसबारे जान्न चाहन्छु,’ थापाले भने । सामान्यतया बजेटसँग आउने आर्थिक विधेयकमा करसँग सम्बन्धित विषयमात्रै समावेश हुने गरेकामा सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा राजस्वसँग असम्बन्धित चिनियाँ गाडी दर्ताको विषयलाई उल्लेख गरेको हो । ‘मित्रराष्ट्र चीनबाट सहयोग स्वरूप नेपाली सेनालाई…
Read More
चिनियाँ गिरोहको जालोमा युवा

चिनियाँ गिरोहको जालोमा युवा

काठमाडाैँ । वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्। ऋण काढेर विदेश पुगेका युवाहरू जति दुःख पाए पनि त्यो चुक्ता गरेर मात्रै फर्किने सोचमा हुन्छन्। ती युवक भने विदेशको दुईदिने बसाइपछि फर्केका हुन्। अपेक्षाअनुसारको काम नभएपछि जेठ ६ गते गन्तव्य कम्बोडियाका लागि उडान गरेका तिनी १० गते नेपाल फर्किन बाध्य भएका हुन्। आएगएको समय पनि जोड्दा उनी नेपालबाट गएको चार दिनको अन्तरालमा फर्किएका हुन्। काठमाडौंका ३५ वर्षीय ती युवक धेरै आम्दानी गर्ने लोभले कम्प्युटरमा विभिन्न डाटा राख्ने भन्दै एजेन्टमार्फत कम्बोडिया पुगेका थिए। परिवारको सुखद भविष्यको कल्पना गर्दै कम्बोडिया जान उनले चार लाख रूपैयाँ एजेन्टलाई…
Read More
Page 3 of 452
1 2 3 4 5 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.